arrow

वडाध्यक्ष र सदस्यको कमिसन रकम लिएर फर्किदा छोरा पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन २८ मंगलबार
ghussahit-pakrau.jpg

जनकपुरधाम । जनकपुरधामबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक वडा सदस्यका छोरालाई कमिसन रकमसहित  रंगेहात पक्राउ गरेको छ ।

स्रोतका अनुसार महोत्तरी भङहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई सेवाग्राहीबाट सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने वापत घुस लिएको एक लाख ६० हजार रुपैयाँ  नगदसहित अख्तियार टोलीले पक्राउ गरेको हो  ।
 
साहले सेवाग्राहीलाई घुसका रकम लिन जनकपुरधामका पिडारी चौकमा रहेका राष्ट्रिय बाणिज्य बैंकको तल बोलाएका थिए । विशेष सूचनाको आधारमा अख्तियारका बर्दिबासबाट खटिएका टोलीले साहलाई कमिसनको रकम सहित पक्राउ गरेका हुन ।

मुकेशका अनुसार वडा नम्बर ८ मा पिसिसी ढलानमा १६ लाखको योजना थियो त्यसमा वडाध्यक्ष मोहम्मद रफिक आलम र वडा सदस्य कारी साहले १० प्रतिशत कमिसन लिने सहमत भएको हो । सो कमिसनको रकम लिन वडा सदस्य साहले आफ्नो छोरा मुकेश साहलाई लिन पठाए ।

मंगलबार १२ बजेको समयमा साहलाई घुस लेनदेन भइसकेपछि जान लाग्दा सुराकीमा खटिएका अख्तियार टोलिले रंगेहात पक्राउ गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ