arrow

सरकारले जनताको रगतको बदलामा भ्रष्टाचार र विषादी दियो : डा संग्रौला

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
dila-sangraula1.jpg

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले सरकारले जनआन्दोलनको अपमान मात्रै गरेको आरोप लगाएकी छिन् । नेपालमा २००७ साल, ०४६ र २०६२/६३मा भएका ठूला–ठूला आन्दोलनहरु जनतालाई रैतिबाट नागरिक बनाएको भएपनि सरकारले अझै पनि नागरिकलाई रैतीको दर्जामा राखेको बताएकी हुन् । 

मंगलबार प्रतिनिधि सभामा बोल्दै डा. संग्रौलाले २०४६ सालको आन्दोलनले राजालाई खोरभित्र राखेको र २०६२÷६३ को आन्दोलनले राजालाई बिदा गरी सिंहदरबारको अधिकार गाँउमा पुर्‍याउने संकल्प गरेको भएपनि सरकारले त्यो समेत गर्न सकेको आरोप लगाईन् । 

यी जनआन्दोलनमा धेरै नेपाली जनताले देशको विकास र समृद्धिको लागि रगत बगाएको भएपनि जनतालाई सरकारले रगतको बदला, भ्रष्टाचार, दलाली, विषादी र घमण्ड दिएको आरोप लगाईन् । 

यसरी जनतालाई गरेको अपमानको नेतृत्व अहिले नेकपा नेतृत्वको सरकारले गरिरहेका उनको आरोप छ । उनले यो सरकारको काम प्रजातन्त्रको लागि नै ठूलो चुनौती रहेको समेत बताईन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ