arrow

जम्मु-काश्मीर र लद्दाकमा रहेका नेपाली बारे दिब्यमणिले संसदमा उठाए प्रश्न

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
divaya-mani-rajbhandari.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले काश्मीरमा भारत सरकारले संविधानको धारा ३७० ले दिएको विशेष अधिकार खारेज गरेर लद्दाकलाई छुट्टै राज्य बनाएपछि त्यहाँ रहेका नेपालीहरुको अवस्था के छ ? भन्दै प्रश्न गरेका छन्। 

मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद राजभण्डारीले कामको सिलसिलामा त्यहाँ रहेका ७५ हजार भन्दा बढी नेपाली तथा एक लाखको हाराहारीमा रहेका नेपाली गोर्खा समुदायको अवस्थाबारे सरकारले जानकारी लिईरहेको छ कि छैन ? भन्दै प्रश्न गरेका छन्। 

राजभण्डारीले अनुच्छेद ३७० हटाइएपछि भारत र पाकिस्तानबीच विवाद चर्किने अवस्था रहेको भन्दै सार्कको अध्यक्षको हिसावले नेपालले उनीहरुबीचको बैमनस्यता कायम गर्नको लागि कस्तो भूमिका खेल्ने तयारीमा छ ? भन्ने प्रश्न पनि गरेका छन्। 

सांसद राजभण्डारीले भूपू गोर्खा सैनिक र हाल ब्रिटिस आर्मीमा कार्यरत नेपालीहरुको सुविधा र त्रिपक्षीय सम्झौताको लागि नेपालको तर्फबाट नेगोसिएसन टिम गठन गर्नुपर्नेमा सो बारे संसदको परराष्ट्र सम्बन्धी समितिले दिएको निर्देशनको कार्यान्वयन आजसम्म नभएको भन्दै संसदको ध्यानाकर्षण समेत गराएका छन्। 

हालै सदनले संसदीय समितिका सभापतिहरुको निम्ती खरीद गरेको गाडीको विषयमा छानविन गर्नको लागि एउटा शक्तिशाली समिति गठन गरेकोमा टिप्पणी गर्दै राजभण्डारीले समितिले यो मात्रै नभइ संसदमा भएका अन्य खरीद सम्बन्धी घोटालाको विषयलाई समेत ध्यान दिनुपर्ने बताए। 

राजभण्डारीले वायुसेवा निगमको शुद्धीकरणको लागि त्यसको समस्या पहिचान गर्न गठित समितिले संसदको सार्वजनिक लेखा समिति सहित पर्यटनसम्बन्धी हेर्ने समितिलाई पनि भेटेर मात्रै प्रतिवेदन तयार पारोस् भन्ने सुझाव पनि दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ