arrow

दुई पटक 'डिभोर्स' गरेका करणसँग विवाह गर्दै विपासा !

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
bipasha-karan.png.png
एजेन्सी । बलिउड अभिनेत्री विपाशा बसु दुई पटक 'डिभोर्स' गरेका अभिनेता करण सिंह ग्रोभरसँग विवाह गर्ने भएकि छिन् ।  उनिहरु दुई  प्रेम सम्बन्धमा रहेका थिए । करणको पहिलो विवाह अभिनेत्री श्रद्धा निगमसँग भएको थियो  भने दोस्रो टिभि अभिनेत्री जेनिफर विंगेटसँग भएको थियो । करणको विपासासँग यो तेस्रो विवाह हो ।  करणकी आमा दिपा सिहंले उनीहरूको सम्बन्धलाई स्वीकृति दिएपछि उनीहरू विवाहतर्फ मोडिएका हुन्।
 
मिडया रिपोट्सका अनुसार उनीहरू यसै वर्षको अप्रिल ३० मा विवाह बन्धनमा बाँधिनेछन् । विवाहका लागि उनीहरूले मुम्बईको एक होटललाई चयन गरिसकेको पनि मिडया रिपोट्सले जनाएको छ । विवाहको चर्चाका बारेमा यो जोडीले औपचारिकरूपमा कुनै प्रतिक्रिया भने दिएको  छैन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ