२३ पसलमा एकै पटक आगलागी, करोडौंको नोक्सानी    

प्रकाशित मिति : २०७६ श्रावण २९ बुधबार

पोखरा । पोखराको न्यूरोडस्थित ‘एस मिनी मार्केट’मा आज आगलागी भएको छ । मिनी मार्केटको सात व्यवसायीको २३ पसलमा आगलागी हुँदा करोडौं रुपैयाँको नोक्सानी भएको छ ।     
     
 पोखरा महानगरपालिकाका तीन दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो । दुई घण्टापछि आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     

नयाँ