arrow

गायक मिका सिंहमाथि बलिउड उद्योगमै प्रतिबन्ध 

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
mikasingh.jpg.jpeg

काठमाडौं । भारतमा अनुच्छेद ३७० को मुद्धामाथि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिएका बेलामा गायक मिका सिंह विवादमा तानिएका छन् । 

अल इन्डिया सिने वर्कर्स एसोसिएशन एआईसीडब्ल्यूएले मंगलबार मिकामाथि कार्वाही गर्दै बलिउड उद्योगमै प्रतिबन्ध लगाएको छ । 

साथै उनी जोडिएको प्रोडक्सन हाउस, म्युजिक कम्पनी र उनका सबै एसोसिएशन पनि बहिस्कार गरिएको छ । 

एआईसीडब्ल्यूएका अध्यक्ष सुरेश श्यामलाल गुप्ताले भारतीय चलचित्र उद्योगका कसैले पनि उनीसंग काम नगरोस् भनेका छन् । 

यदि प्रतिबन्ध लगाएको थाहा पाउँदा पाउँदै कसैले उनीसंग मिलेर काम गर्छ भने उसलाई पनि कार्वाही गर्ने गुप्ताले बताएका छन् । 

भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिएका बेलामा मिकाले देशलाई भन्दा पैसालाई ध्यान दिएको भन्दै प्रतिबन्ध लगाइएको गुप्ताले बताएका छन् । 

मिकाले पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफका आफन्त एवं कराँचीका अर्बपतिकी छोरीको विवाहमा प्रस्तुति दिएपछि उनलाई कार्वाही गरिएको हो । 

गत ८ अगष्टमा भएको उक्त कार्यक्रमको भिडियो भाइरल भएको थियो । उनलाई गाली गर्दै, ‘लाज मान, यो दिन आयो ? पाजी तिमी पनि गद्दार निस्कियौ’ जस्ता कमेन्टहरु लेखिएका थिए । 

मिकाको कार्यक्रमप्रति पाकिस्तानमा पनि विरोध भएको थियो । मिकालाई भिसा कसरी मिल्यो भनी पाकिस्तान पिपुल्स पार्टीका नेताले जाँच गर्नका लागि सरकारसंग आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ