arrow

प्रेस युनियन पोर्चुगल शाखा गठन, संयोजकमा बासु सत्याल

logo
भरत प्रधान,
प्रकाशित २०७६ साउन २९ बुधबार
portugle1.jpg

लिस्बन। नेपाल प्रेस युनियनसँग आबद्ध रही युरोपेली मुलुक पोर्चुगलमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुको प्रथम भेला मंगलबार राजधानी लिस्बनमा सम्पन्न भएको छ । बासु सत्यालको अध्यक्षता तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।
 
भेलाले बासु सत्यालको संयोजकत्वमा सात सदस्यीय नेपाल प्रेस युनियन पोर्चुगल शाखाको तर्दथ समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा प्रबल भट्टराई, यादव देवकोटा, पुनम गौतम, श्याम सुवेदी, अनिल पाण्डे र सुरेश जोशी रहेका छन् ।

समितिको सल्लाहकारहरुमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमाल, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष रमेश गुरुङ, गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्की, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, महासमिति सदस्य चिज कुमार तामाङ, महाधिबेशन प्रतिनिधी सुरेन्द्र अमगाई लगायत रहेका छन् ।
 
कार्यक्रममा नेपाल प्रेस युनियन काठमाडौंका पूर्व अध्यक्ष नारायण अर्यालले शाखा गठनको आवश्यकता र औचित्य  माथी प्रकाश पार्दै तदर्थ समितिको घोषणा गरेका थिए । यादव देवकोटाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ