arrow

अनुपम खेरले मोदीलाई दिए आफ्नो आत्मकथा, मोदीले दिए यस्तो जवाफ

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
anupum-modi.jpg

काठमाडौं । बलिउडका सबैभन्दा चर्चित नाममध्येको एक नाम हो – अनुपम खेर । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो किताब भेट दिएका छन् । खेरले आफ्नो आत्मकथा लेखेका छन् ।

जसको नाम 'लेसन्स लाइफ टच मी, अननोविंग्ली'  रहेको छ । खेरले सामाजिक सञ्जालमा किताब दिएको तस्वीर शेयर गरेका थिए । मोदीले यसमा प्रतिक्रिया दिँदै शुभकामना दिएका छन् ।

खेरले मोदीलाई कितब दिएसँगै आफ्नो आत्मकथा शेयर गर्न पाउँदा खुसी लागेको बताएका छन् । खेरले मुलुकको लागि केही गर्न पर्छ भन्ने कुरा मोदीबाट सिकेको बताएका छन् ।

खेरले आफ्नो करियरमा करीब ५ सय फिल्म खेलिसकेका छन् । उनी पद्मभूषणबाट पनि सम्मानित भइसकेका छन् । उनले ९ अगष्टमा आफ्नो किताब विमोचन गरेका थिए । खेरको आत्मकथामा असफलता अस्वीकारदेखि लिएर जीवनको पाठसम्मको कुराहरु उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ