arrow

युवराज बाहिरिए पछि पाण्डे भित्रिए

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
yuvraj_Singh.jpg.jpeg
एजेन्सी। आईसीसीले घाईते युवराज सिंहको सट्टा मनिष पाण्डेलाई भारतिय टोलीमा समावेश गराउने भारतिय क्रिकेट बोर्डको निवेदन स्विकृत गरेको छ। अष्ट्रेलियासँग समुह चरणको खेलमा युवराज सिंहलाई कुर्कुच्चामा चोट लागेको थियो।
 
उनको उपचारमा संगलग्न डाक्टरले सिंहले विश्वकपको बाँकी खेल खेल्न नसक्ने बताएपछि भारतिय क्रिकेट बोर्डले आईसीसीसँग मनिष पाण्डेलाई टोलीमा समावेश गर्न अनुरोध गरेको थियो। 
 
मनिष पाण्डेले भारतकालागि २ अन्तराष्ट्रिय टि-२० खेल खेलेका छन्। उनले जिम्बाब्वे बिरुद्ध दुवै खेल खेलेका हुन्। पाण्डेले चार एकदिवसिय अन्तराष्ट्रिय खेल पनि खेललेका छन्। २६ बर्षिय पाण्डे दाहिने हातका ब्याट्सम्यान हुन र मध्यम गतिका बलर पनि हुन्। 
 
भारत टि-२० विश्वकपको सेमीफाईनलमा प्रवेश गरेको छ। बिहीबार भारतले वेष्ट ईण्डिजको सामना गर्ने छ। सेमीफाईनलमा बिजेता टोलीले पहिलो सेमीफाईनल बिजेतासँग फाईनल खेल्ने छ। न्युजिल्याण्ड र ईङल्याण्ड पहिलो सेमीफाईनलकालागि भिड्दैछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ