सांसदका लागि ट्याम्पुमा दुईवटा भिआईपी सिटको व्यवस्था गर्न माग
प्रकाशित २०७६ साउन २९ बुधबार
1.2k
Shares
काठमाडौं । राष्ट्रिय सभामा बोल्ने सांसदहरुले सार्वजनिक सवारीमा २ सिट सांसदको लागि समेत छुट्याउनको लागि माग गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कालीप्रसाद मल्लले आरक्षणको माग गरेका हुन् ।
बुधबार राष्ट्रिय सभामा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयकमाथिको छलफल हुँदै थियो । सोही क्रममा उनले सांसदहरुलाई सार्वजनिक सवारीमा कुनै स्थान नभएको भन्दै सांसदको लोगो लगाएर ट्याम्पो नढेर हिँड्न समस्या भएको बताएका हुन् ।
बैठकमा सांसदको लोगो देखाउँदै सांसद मल्लले संसदको फुली लगाउँदा टेम्पोमा पनि भिआईपी सिट मिल्छ भने नियमावली बनाउने बेलामा त्यसको समेत व्यवस्था गर्न माग गरेका हुन् । हवाई जहाजमा जस्तै दुई सिट सरकारी सिटको रुपमा सुरक्षित राख्न पनि उनले माग गरे ।