- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्यूठान । स्वर्गद्वारी नगर कार्यपालिकाबाट भएका विविध कार्यहरूप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस स्वर्गद्वारी नगर समिति प्यूठानले ज्ञापनपत्र बुझाएको छ ।
स्वर्गद्वारी नगरपालिकाबाट अस्वभाविक रूपमा गरिएका विभिन्न निर्णयहरू पूर्व विचार गरी यथोचित रूपमा समायोजन गर्नुपर्ने जोडदार मागका साथ कांग्रेस स्वर्गद्वारी नगर समिति प्यूठानले स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुखलाई सम्बोधन गर्दै उप प्रमुख गोमा रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा आर्थिक वर्ष २०७४–०७५ को महालेखा परिक्षणको प्रतिवेदन, प्राविधिक कर्मचारी खर्च विवरण, सवारीसाधन मर्मत र इन्धन खर्च विवरण, योजना अनुगमन खर्च विवरण, अनुदान दिएको सम्पूर्ण विवरण जस्ता विवरणको प्रतिलिपीको साथमा विवरण माग गरिएको छ ।
विविध असन्तुष्टिसहित समावेश भएको ज्ञापनपत्रको १५ दिनभित्र उचित जवाफको अनुरोध गर्दै विभिन्न जिल्ला तथा स्थानीय नेताहरूको उपस्थितिमा स्वर्गद्वारी नगर सभापति तिलककुमार विकले ज्ञापनपत्र बुझाएका हुन् ।