arrow

प्रदेश ३ ले नदिए पनि सिन्धुपाल्चोकका तीन स्थानीय तहमा जनैपूर्णिमाको सार्वजनिक बिदा    

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
Sindhupalchok-hamrakura.jpg.jpeg

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र बाह्रबिसे नगरपालिकाले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।     
     
 गाउँ तथा नगरपालिकाले सूचना निकालेर बिहीबार रक्षाबन्धन र जनैपूर्णिमा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै जनैपूर्णिमाका अवसरमा पाँचपोखरी थाङ्पालमा रहेका ऐतिहासिक तीर्थस्थल पाँचपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको अध्यक्ष टाँसी लामाले जानकारी दिए ।     
     
 सोही दिन पाचँपोखरी तेस्रो हाफ म्याराथन प्रतियोगितासमेत आयोजना हुने भएकाले पनि गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए । जिल्लाका १२ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले मात्र बिदा दिने निर्णय गरेको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ