कांग्रेस एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा, प्रधानमन्त्री महाथिर र सभापति देउवा प्रमुख अतिथि
प्रकाशित २०७६ साउन ३० बिहिबार
350
Shares
क्वालालम्पुर । नेपाली कांग्रेसको मलेसियामा बसेको बैठकले केन्द्रीय कार्यसमितिसंग समन्वय गरी एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा गर्ने निर्णय गरेको छ ।
मलेसियामा भएको बैठकले प्रशिक्षणमा प्रमुख अतिथिमा मलेसियाली प्रधानमन्त्री डा महाथिर, कांग्रेस सभापति शेरबहादुर देउवा एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।
कांग्रेस युवा नेता एवं सांसद रन्जित कर्णको प्रमुख आतिथ्यता एवं मलेसियाका नेपाली जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा मलेसियाको क्वालालम्पुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
ठूलो सङ्ख्यामा मलेसियामा नेपालीहरुको उपस्थिति भएको हुनाले र संविधान अनुरुप मतदान अधिकारका लागि निर्वाचन आयोगसंग पहल गर्न कांग्रेस केन्द्रीय कार्य समितिलाई आग्रह गर्ने निर्णयसमेत गरिएको छ ।
त्यसैगरी कांग्रेस केन्द्रीय कार्यसमितिमा यस एसिया प्यासिफिक क्षेत्रको जनसम्पर्क समितिमध्ये एक केन्द्रीय पद सुरक्षित गर्नुपर्ने तथा मलेसियामा जनसंख्या मतदान दिने अनुपातमा समानुपातिक सांसदको सिट सुरक्षित गर्नु पर्ने समेत माग गर्ने निर्णय बैठकले गरेको छ ।