arrow

दीक्षितको निधनमा राष्ट्रपति र सभापतिद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
madanmani.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको बिहिबार भएको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताएकी छन् ।

उनले आज शोकसन्देश जारी गरी यस दुखद घडीमा उनका योगदानको स्मरणसहित स्व दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै  शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेकी छन् ।

साधै नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दीक्षितको असामयिक निधनले आफू र आफ्नो पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।

सभापति देउवाले बिहिबार एक शोक विज्ञप्तिमार्फत दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

वरिष्ठ साहित्यकार  दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको हो । सभापति देउवाले स्व दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ