arrow

सीप सिक्नदेखि भट्टी पसलसम्म पुग्छन् सरकारी मोटरसाइकल

नगर वडाका मोटरसाइकलको चरम दुरुपयोग

logo
जीवन शर्मा,
प्रकाशित २०७६ साउन ३० बिहिबार
bnike-sarkari1.jpg

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले खरिद गरेर वडालाई दिएका मोटरसाइकलको चरम दुरुपयोग भएको छ । मोटरसाइकल चलाउने सिप नभएका वडा अध्यक्षहरुलाई नगरपालिकाले जवरजस्ती मोटरसाइकल थमाएपछि सरकारी सवारी साधनको दुरुपयोग भएको हो ।

जननिर्वाचि वडा अध्यक्षहरुका लागि एक बर्ष पहिले उपलब्ध गराएका कतिपय मोटरसाइकल अहिले चल्न नसक्ने अवस्थामा छन् । वडा अध्यक्षहरुले आफु चलाउन नजानेपनि सरकारी सवारी लिएर आफ्ना छोरा, भाइ भतिज, र नजिकका कार्यकर्तालाइ थामाएपछि उनिहरुले ती मोटरसाइकल एकै बर्षमा काम नलाग्ने बनाएका हुन् । सिद्धिचरण नगरपालिकाका १२ वडा मध्य वडा नम्बर ४, ८, १० र ११ का अध्यक्षले मात्र आफैले मोटरसाइकल चलाउछन् । त्यसमा पनि वडा नम्बर ४ रुम्जाटारका अध्यक्षले भर्खरै सिक्दै गरेकाले लाइसेन्स लिएका छैनन् ।  जनताको विकासमा आएको रकमले मोटरसाइकल किनेर लाइसेन्स  नै नभएका जनप्रतिनिधिहरुलाई चलाउन दिई सरकारी सम्पतिको दुरुपयोग गरेको स्थानीयले गुनासो गरेका छन् ।

२०७५ साल जेठमा खरिद गरी सञ्चालनमा ल्याएका मोटरसाइकल अहिले राम्रो संग सुचारु अवस्थामा नरहेको सरोकारवालाहरुको गुनासो छ । निर्वाचनताका जनताका पक्षमा विभिन्न योजना बाड्दै भोटमाग्न गाउपसेका जनप्रतिनिधिहरुले अहिले कहाबाट कमिसन आउछ भन्ने सोचका साथ काम गरिरहेको सिद्धिचरण नगरपालिका वडा नम्बर २ का स्थानीय  एवं नेकपाका जिल्ला कमिटी सदस्य बसन्त कट्वालले बताए । निति निर्माण तहमा बसेका जिम्मेवार व्यक्तिहरुले नै लाइसेन्स नै नलिई सरकारी सवारीको प्रयोग गर्ने गराउने गरी सरकारी सम्पत्तिको दूपयोग गरेको उनले आरोप लगाए ।

सिद्धिचरण नगरपालिकाले नगर भित्रका १२ वटै वडा र कार्यालयलाई २ थान गरी १४ थान मोटरसाइकल एकै पटक खरिद गरेको थियो । क्याटलक प्रणाली मार्फत  खरिद गरीएका उक्त मोटरसाइकलको मूल्य प्रति थान रु २ लाख ३८ हजार ८ सय ५७ रुपौयाका दरले पर्न आएको सिद्धिचरण नगरपालिकाका तत्कालिन लेखा प्रमुख विष्णु बहादुर भट्टराइले जानकारी दिए । अपाच्य कम्पनिका १४ थान मोटरसाइकल ३३ खाल ४४ हजारमा खरिद गर्दा कम्पनिले दिने कमिसनबाट कार्यालयका लागि अर्को स्कुटर समेत लिएर सदुपयोग गरिएको भट्टराइले बताए ।

तर नगरपालिकाले खरिद गरी वडालाई उपलब्ध गराएको मोटरसाइकल एकै बर्षमा काम नलाग्ने बनाउनु वडाको गैह्र जिम्मेवारी कार्य भएको नगरपालिका श्रोतले जनाएको छ । केही समय अघि मात्रै सिद्धिचरण नगरपालिका वडा नम्बर १२ को मोटरसाइकल भट्टीपसलमा राती फेला पारेर प्रहरीले नियन्त्रणमा लिइ छोडेको बताइएको छ । वडा नम्बर १, २, ३, ५ ,६, ७ ,९ र १२ का वडा अध्यक्षहरुले आफ्ना छोरा, भाइ भतिज, र नजिकका कार्यकर्तालाई चलाउन दिएका छन् । उनिहरुले कतिै जङगलको पार्कमा लगेर छाड्ने गरेका छन भने कतिपयले स्थानीय युवाहरुलाई सिक्नका लागि प्रयोग गरिरहेको पाइएको छ ।  ति मोटरसाइकलहरु अरुलाइ सिकाउन प्रयोग गरिनुका साथै विना लाइसेन्स चलाएर तीनजना सम्म बोक्ने गर्दा एक बर्षमै काम नलाग्ने भएको सि.न.पा ३ नारायणस्थानका एक युवाले बताए । जनप्रतिनिधिहरुले ढुक्कसंग अरुलाई नै चावी बुझाएपछि उनिहरुले व्यक्तिगत सामान ओसार्न प्रयोग गर्ने, डेटिङ स्पोर्ट देखि भट्टी पसल जादा समेत सोही मोटरसाइकल प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

 मोटर साइकल इन्धन तथा मर्मतका लागि नगरपालिकाले वडालाई मासिक चार हजार समेत उपलब्ध गराउदै आएको नगरपालिका श्रोतले जनाएको छ । नगर वडाका मोटरसाइकल जथाभावि प्रयोग  गरेर सरकारी सम्पत्तिको चरम दुरुपयोग भएको आवाजहरु सार्वजनिकरुपमै उठ्न थालेपनि पनि सम्बन्धित नगरपालिका तथा प्रहरी प्रशासन भने वेखवर बनेको छन् । बुधबार एक सार्वजनिक कार्यक्रममा नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले वडा अध्यक्षहरुलाई अत्यावश्यक भएर मोटरसाइकल दिएको बताए । ‘‘केही वडा अध्यक्षहरुबाट सवारी दुरुपयोग भएको सुन्नमा आएको छ ।

 उनले भने,‘ अध्यक्षहरुले त्यस्ता क्रीयाकलाप नसच्याएर मोटरसाइकल नगरपालिकाले लिएर राख्छ त्यसमा ख्याल गर्नुस ।” स्थानीय तहको निर्वाचन भएको २ बर्ष पुरा भएर तिन बर्षमा प्रवेश गरेपनि निर्वाचित जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसारका काम गर्न नसकेको चौतर्फी गुनासाहरु आइरहेपनि जनप्रतिनिधिहरु त्यसलाई प्रतिशोधका रुपमा लिएर अघिबढीरहेको सर्वसाधारण नागरिकले गुनासो गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ