arrow

जनताप्रति जवाफदेहि र इमान्दार प्रशासक रहेको बर्दिया देशभर मै पहिलो

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
keruwang.jpg

दीपकलाल श्रेष्ठ, बर्दिया(गुलरिया) ।  गत बर्षको कार्य सम्पादन सम्बन्धी नेपाल सरकारको मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको छ । देश भरिका ७७ जिल्लाका ०७५-०७६ सालको कार्यसम्पादमा नेपाल सरकार गृह मन्त्रालयको मूल्याङ्कनको आधारमा जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिए।

जिल्लाको शान्ति सुरक्षा, सुशासन, जनतालाई दिइने सेवा प्रभाव, विपद व्यवस्थानप, विकास निर्माणको अनुगमन, बजार अनुगमन र घुम्ती सेवा प्रवाह जस्ता निरन्तर कार्यहरुलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए ।

जिल्लाबासीले हरेक कार्यमा सहयोगका कारण पनि देश भरि मै पहिलो भएको हुनाले बर्दियाबासी पनि यो सम्मानको हकदार भएको कुरुम्वाङ्गले बताए ।
जिल्ला बासीको सहयोगका कारण नै देश भरि मध्यबाट पहिलो जिल्ला हुन सफल भएकोमा गौरावान्वित भएको समेत कुरुम्वाङ्गले बताए ।   भ्रष्टचार विरोधिका रुपका चिनिएका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग निडर र जनताप्रति जवाफदेहि र इमान्दार प्रशासकका रुपमा चिनिन्छन् ।

 जिल्लाका सम्पुर्ण कार्यालयका सहकर्मीहरु, प्रहरी प्रशासन, संचारकर्मी, उद्योगि व्यावसायी  लगायत सम्पुर्ण बर्दिया बासीहरुको सहयोगले गर्दा जिल्लामा हरेक कार्य गर्न सहज भएको समेत प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले भने ।

बिगत करिव १६ महिना बर्दियाको जिल्ला प्रशासन कार्यालय बर्दियाको प्रमुख रहि  कार्य गरिरहेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग “ईन्टिग्रिटि आइडल २०१८” मा विजेता समेत हुन् ।

देश भरिका जिल्ला हरुमा पहिलो भए पछि हामीमा अझै नागरिकहरु प्रति बढि जिम्मेबारी थपिएको र नेपाल सरकारले गरेको यो सम्मानले थप नागरिकका हितमा कार्य गर्ने हौसला मिलेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ