arrow

बस दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते    

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
accident-final.jpeg

हेटौँडा । हेटौँडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।     
     
 काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ