arrow

समुद्रदेखि अन्तरिक्षसम्म बिएचईएलको सोलार, गरे के हुँदैन ?

सूर्यमुखी फूलजस्तो सोलार, आफैं हुन्छ सफा

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
BHEL-solar.JPG

काठमाडौं । भारतको कर्नाटक राज्यमा ब्याङ्लोर शहरको मेहसुर सडकमा पर्ने भारतीय हेभी इलेक्ट्रोनिक्स लिमिटेडको इलेक्ट्रोनिक्स महाशाखाले गरेको नवीकरणीय उर्जाको विकास एउटा उदाहरणीय र लोभलाग्दो परियोजनाको रुपमा देख्न सकिन्छ । अत्याधुनिक प्रविधिहरुबाट आफैंले सोलार प्लान्ट तयार पारेर स्थापना पनि गर्ने गरेको छ ।

गत साता हाम्राकुराका प्रतिनिधिहरु कम्पनीमा पुग्दा त्यहाँ भटाभट सोलारको प्लेट बनाउने काम चलिरहेको थियो । सोही ठाउँमा केवल सोलारका प्लान्टहरुमात्रै बनिरहेको थिएन सोही भवनको तल्लो तल्लामा भारतीय रेल्वेको आन्तरिक नियन्त्रण प्रणालीसँग जोडिएका विविध प्रविधिहरुको निर्माणको काम समेत चलिरहेको थियो । सो कम्पनीले अहिले उत्पाादन गरेको सौर्य उर्जाको क्षमता जोड्दा ५५० मेगावाट सौर्यउर्जा त्यो एक कम्पनीले मात्रै उत्पादन गर्दै आएको सो । 

नवीकरणीय उर्जा र त्यसमा पनि सोलार सिस्टम, हावाबाट निकाल्ने गरिएको बिजुली आदि भनेका वातावरणमा खेर गईरहेका पदार्थहरुलाई प्रयोग गरेर जुटाउने उर्जाको स्रोत हो । सो कम्पनीमा पुग्दा कम्पनीले घरको झ्यालमा नै सोलार प्लान्ट राखेर सौर्य उर्जालाई व्यवस्थित गर्दै आएको छ । त्यतिमात्रै नभएर अहिले कम्पनीले चन्द्रयान २ मा नै सोलार जडान गरेर पठाएको छ । ताकि त्यहाँ सूर्यपट्टि सोलार प्लान्ट फर्किएको बेला सहजै बेट्री चार्ज हुन सकोस् । 

त्यस्तै, खाली चौर, घरको छानो मात्रै नभएर समुद्रमा समेत तैराएर सोलारबाट सूर्यको ताप संकलन गर्ने गरिएको छ । यसले भारतमा उर्जाको संरक्षणमा धेरै हदसम्म कम गराएको छ । तर, नेपाल जस्तो पहाडी इलाका र पहिरोको समस्या भईरहने स्थानमा योे वैकल्पिक उर्जाको प्रयोगले अनावश्यक झण्झटबाट मुक्ति पाउन सकिन्छ । बाढीले बिजुलीको खम्बा बगायो भने महिनौंसम्म अन्धकारमा बस्नुपर्ने हाम्रा समस्याहरुलाई पनि सोलार सिस्टमले न्यूनीकरण गर्ने गर्दछ । यसले बेट्रिलाई चार्ज गरेर रातीको समयमा पनि प्रयोग गर्न सकिने भएकोले यो प्रणाली नेपालको पनि विशेषगरी पहाडि र हिमाली भेगका मानिसहरुको लागि बढी प्रभावकारी हुने देखिन्छ । 

कम्पनीले मेहसुर रोडमा रहेको आफ्नो इलेक्ट्रोनिक्स महाशाखाको केन्द्रीय कार्यालयमा नै सोलारको नयाँ प्रयोग पनि गरेको छ । जस अनुसार एउटा घरको झ्यालको सीसा राख्ने ठाउँमा नै सोलरको प्यानल राख्ने प्रविधिको पनि परीक्षण गरिरहेको छ । कम्पनीको इलेक्ट्रोनिक्स महाशाखाका महाप्रबन्धक ध्रुव अपसङ्गीले भारतले केही समय अघि चन्द्रमामा पठाएको चन्द्रयान २ मा पनि प्रयोग भएका बेट्री र सोलार प्रणालीहरु भेलले नै उत्पादन गरेको बताए । उनका अनुसार आईएसआरोले खरीद गर्ने नवीकरणीय उर्जाको अधिकांश सामग्रीहरु भेलले नै उत्पादन गर्ने गरेको छ । उनले जतिसक्दा खालीठाउँलाई उपभोग गरेर सौर्य उर्जा उत्पादन गराउने कम्पनीको रणनीति रहेको बताए । उनका अनुसार कम्पनीले अब आफैं सूर्यको प्रकाश जता गयो त्यतै घुम्ने प्रविधिको सोलार र आफैं सोलर प्यानल सफा भईरहने प्रविधिको सोलारपनि छिट्टै बजारमा आउनेछ । 

भेलको प्राथमिकता नवीकरणीय उर्जा कि अनवीकरणीयमा ?
सुरुमा यो कम्पनी भारतमा उद्योगधन्दाको विकासको लागि आवश्यक पर्ने विद्युतहरु उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी हो। योजना आयोगले त्यतिबेला विभिन्न परियोजनाहरुको लागि आवश्यक सबै प्रकारका भारी विद्युतीय उपकरणहरुको निर्माणको लागि यो कारखानाको स्थापना गर्न सिफारिस गरेको थियो । भारत सरकारले पनि सोही सुझाव अनुसारको भारी विद्युत उपकरणहरुको निर्माणको लागि मध्यप्रदेशको राजधानी भोपालमा एक कारखानाको स्थापना गरेको थियो । दीर्घकालीन सोचलाई केन्द्रमा राखेर कम्पनीले अन्य विद्युतीयस्रोत सँगै नवीकरणीय उर्जामा समेत आफ्नो बलियो उपस्थिति जनायो । त्यही प्रयासले अहिले सौर्य उर्जामा मात्रै कम्पनीले ५ सय मेगावाट भन्दा धेरै त सूर्यबाट मात्रै उर्जा उत्पादन गर्ने गरेको छ । 

अहिले यो कम्पनीले सौर्य उर्जाका साथै कोईला, हाईड्रो, न्यूक्लियर ग्यास र सोलार जस्ता उर्जाका स्रोतहरुमा लगानी गर्ने गरेको छ । त्यसमध्ये पनि जलविद्युत र नवीकरणीय उर्जाको क्षेत्रमा कम्पनीले निकै ठूलो लगानी गरेको छ । कोईलाबाट उत्पादन हुने १००० मेगावाट क्षमताको प्लान्टको लागि अहिले कम्पनीले स्वीकृति दिईसकेको छ । कम्पनीले न्यूक्लियर उर्जातर्फ २०० मेगावाटदेखि ७०० मेगावाटसम्म क्षमताको प्लान्टको लागि स्वीकृति दिइसकेको छ ।

उता, कम्पनीले उत्पादन गर्ने कूल उर्जातर्फ अहिले १७ हजार मेगावाट विद्युत उत्पादन गर्न लागेकोमा ११ हजार मेगावाट विद्युत उत्पादनको काम कार्यान्वयनमा आईसकेको छ । कम्पनीको दाबी अनुसार अहिले १८३ गेगा वाईट विद्युत उत्पादनको क्षमता राखेको छ । ट्रान्समिसन तर्फ पनि कम्पनीले ६ लाख ६० हजार एमपीए ट्रान्समिसनको सामग्रीहरु उत्पादन गरिसकेको छ। 

रेल्वेको महत्वपूर्ण पार्ट 
कम्पनीले रेल्वेको सिस्टममा महत्वपूर्ण प्रविधिको उत्पादन गर्ने गरेको छ । रेल्वेको विद्युतीय सञ्चालन पद्धति, रेल्वेमा दबाब दिने सबै किसिमका रोलिङ स्टक समेत यही कम्पनीले बनाउने गरेको छ । भारतमा सबैभन्दा पहिले वातानुकूलित रेल्वेको प्रविधि विकास पनि बीएचईएलले नै गरेको थियो । 

रेल्वे कम्पनीतर्फ पनि यो संस्थाले पूर्ण रुपमा इलेक्ट्रोनिक्स लोकोमोटिभहरु तयार पार्ने गरेको छ । सोही कम्पनीले ३००० एचपीसम्मको डिजेलबाट चल्ने इलेक्ट्रोनिक्स लोकोमोटिभ समेत तयार पारेको छ । यसका साथै यसले ट्र्याक मेन्टिनेन्स मेसिन र कोच समेत रेल्वे र गाडीहरुको लागि उत्पादन हुँदै आएको छ । 

चन्द्रयानमा पनि बीएचईएल 
मानिसहरुसम्मलाई नवीकरणीय उर्जामा आकर्षित गराउने जिम्मा पाएको यो कम्पनीले केही समय अघि चन्द्रयान २ मा समेत आवश्यक पर्ने विद्युतको लागि सोलार सिस्टमको जडान गरेको थियो । यतिमात्रै नभएर आईएसआरओले अन्तरिक्षमा पठाउने विद्युतीय सामग्रीहरु मध्ये सबैभन्दा बढी यही कम्पनीबाट खरीद गर्ने गरेको छ । 

स्थापनाको केही समयदेखि नै सरकारको दुई तिहाई लगानी भएको यो सार्वजनिक संस्थान केवल सरकारको अनुदान र सहयोगबाट चल्न चाहेन । अहिले यही कम्पनी हो जसले भारतीय सेना होस् या त अन्तरिक्ष संस्था होस् या त सामान्य सर्वसाधारण नै किन नहोस् सबैको मन जित्न सफल भएको छ । 

विभिन्न नवीकरणीय उर्जामा प्रवेश, सोलारमा फड्को 

कम्पनीले देखाएको पावरप्वाईन्ट प्रस्तुतिका अनुसार उसले विश्वभरमा कूल १८३ गेगावाट विद्युत क्षमताको प्लान्ट स्थापित गरिसकेको छ । यसमा नवीकरणीय उर्जा, जलविद्युत लगायत सबै पर्दछ । कम्पनीले अहिलेसम्म कूल ३६० भन्दा धेरै इलेक्ट्रिक लोकस भारतीय रेल्वे कम्पनी तथा अन्य कम्पनीहरुलाई वितरण गरिसकेको छ । त्यस्तै, ५० प्रतिशत भन्दा धेरै भारतीय रेल्वेका ट्रयाक्सन इक्वीपमेन्ट लगायतका सामग्रीहरु यही कम्पनीले सप्लाई गर्ने गरेको छ । 

नेपालमा बैकल्पिक उर्जाको अवस्था  
नेपालमा धेरै माग र आवश्यकताहरुको बारेमा छलफल भएपनि नवीकरणीय उर्जाको उत्पादन भने निकै कम देखिएको छ । भौगोलिक कारणले नेपालमा विद्युतीय उर्जाको लघु तथा साना जलविद्युत आयोजनाबाट मात्र २९।४५ मेगावाट तथा सौर्य वायु मिनीग्रीड प्रणालीबाट ४१३ किलोवाट विद्युत उत्पादन भएको छ । साथै, नवीकरणीय ऊर्जाको प्रयोगबाट २ हजारभन्दा बढी साना तथा मझौला उद्योगको स्थापना भएका छन् । 

यसैको प्रवद्र्धनको लागि नेपालमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको स्थापना समेत गरिएको छ । झण्डै दुई दशक अघि स्थापना भएको केन्द्रले कूल उर्जामा नवीकरणीय उर्जाको योगदान ३।५ प्रतिशत पुर्याएको छ । जसलाई केन्द्रले दुईदशकको अवधिमा ठूलो उपलब्धी मानेको छ । २० वर्षको दौरानमा कुल उर्जामा नवीकरणीय उर्जाको योगदान १।५ प्रतिशतबाट बढेर ३।५ प्रतिशत मात्रै पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ