होसियार ! पैसा कोरे जेल गईएला

राजेन्द्र(राजु) खनाल, प्रकाशित मिति : २०७६ श्रावण ३१ शुक्रबार
तस्बिर : अधिवक्ता, राजेन्द्र (राजु) खनाल

नेपाली समाजका पछिल्ला घटनाक्रमहरुलाई सुक्ष्म रुपमा अध्ययन गर्ने हो भने सामाजिक रुपान्तरण, त्यसको प्रक्रिया, विकास र व्यवस्थापन जनउत्तरदायी र सामाजीक सुरक्षामुखी बन्दै गएको पाईन्छ।

समाजको सामाजिका क्रियाकलापमा हुने सामाजिक अभ्यास तत्कालिन सामाजिक परिवेशमा उत्तर आधुनिकता उन्मुख जस्तो देखिन्छ। आर्थिक विकास सँगै सामाजिक विकास र सभ्यताले उँचा मानिएका राष्ट्रहरुमा प्रयोग भई प्रणालीगत रुपमा विकास गरी अभ्यस्त समेत भईसकेका सामाजिक विकासका अवयवहरुको यहाँ, संक्रमणकालिन प्रयोग र न्यायीक निरुपण सहितको व्यवस्थापनमा लम्किरहेको पाउन सकिन्छ।

बाँकी विश्वले औद्योगिक क्रान्ति सम्पन्न गरी आफूलाई स्रोत र साधन सम्पन्न बनाई सक्दा हामी भने सामान्य, नागरिक सामाजिक चेतना तथा राजनैतिक चेतनाको विकास क्रममा मात्रै सीमित हुन बाध्य बन्दै गर्दा समग्र विकास प्रणालीको पहिलो खुड्किलोको रुपमा रहको मानव जीवनको महत्व र सम्मानको बुझाई, सामाजिक न्याय, समन्याय जस्ता विषयमा गति लिने तरखरमा छौ जसलाई राज्यले जनसर्मथित विधायीकाहरुबाट अनुमोदन गरी कानुन मार्फत व्यस्थापन गर्ने प्रयत्न गर्दैछ।

व्यवस्थीत राज्य प्रणलीको कल्पना गर्दा फौजदादी न्याय प्रणालीलाई राज्यले कसरि आत्मसाथ गरी फौजदारी न्याय निरुपण गर्दैछ भन्ने प्रश्न महत्वपुर्ण हुन्छ। सामाजिक विकासको मापक भनेकै फौजदारी न्याय निरुपणमा समाजको अभ्यास र राज्यको सक्रियता मार्फत कानुनले दिने न्यायिक उपलब्धी हो।

समग्र फौजदारी न्याय सम्पादन र त्यसको समाजमा पर्ने सकाराम्मक प्रभाव नै त्सस राष्ट्रको सामाजिक संस्कार र विकासको प्रतिविम्ब हो। प्रत्येक नागरिकको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा सांस्कृतिक समुदाय विचको सुसम्बन्ध तथा शान्ति कायम गर्न एवं सामाजिक न्याय स्थापन गर्न साविक फौजदारी कानुनलाई सामाजिक आवश्यकता एवं घटनाहरु अनुरुप समयानुकुल परिमार्जन गर्दै मुलुकी अपराध संहिला २०७४ संहिताकरण भई लागु भएको छ।

सामाजिक संतुलन एवं सदाचारिताको के गर्न नहुने, के गरी कति सजाय हुने सम्बन्धमा संहिताले गरेका केही कानुनी व्यवस्था र तिनको सजाय यहाँ जानकारीको लागि प्रस्तुत गरिएको छ।

१. कसैले आफ्नो नियन्त्ररण वा जिम्मामा रहेको पशुपंक्षी सार्वजनिक स्थलमा छाडा छोड्नु हुदैन। छाडा छोडे वा छोड्न लगाए तिन महिना सम्म कैद वा पाँच हजार जरिमाना वा दुवै सजाय हुन्छ।

२. कसैले वेश्यागमनको लागि आफ्नो घर जग्गा उपलब्ध गराउनु हुदैन। गराए छ महिना सम्म कैद वा पाँच हजार जरिमाना वा दुवै सजाय हुन्छ।

३. कसैले कसैको धर्म परिवर्तन गराउन वा परिवर्तन गर्न दुरुत्साहन दिन हुदैन। गरे वा दिए पाँच वर्ष कैद र पचास हजार जरिमाना हुन्छ। 

४. कसैले कसैलाई जबरजस्ती काममा लगाउन हुदैन। लगाए तिन महिना सम्म कैद वा पाँच हजार जरिमाना वा दुवै सजाय हुन्छ।

५. कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन हुदैन। दिए पाँच वर्ष सम्म कैद र पचास हजार रुपैया सम्म जरिमान हुन्छ।

६. एसिड वा अन्य रासायनिक, जैविक वा विषालु पर्दाथ प्रयोग गरी कसैलाई कुरुप पार्न हुदैन। प्रयोग गरी कसैको अनुहार कुरुप पारे पाँच वर्ष देखी आठ वर्ष सम्म कैद र एक लाख देखी पाँच लाख सम्म जरिमाना हुन्छ।

७. पतिले पत्निलाई विना सहमती जबरजस्ती करणी गर्न हुदैन। गरे पाँच वर्ष सम्म कैद हुन्छ।

८. उपचार गर्दा उपचार गर्नेले पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचेक्र्याईं गरी स्वास्थ्य उपचार गर्न, ओषधी खान दिन वा खान सिफारिस गर्न हुदैन। त्यसरी लापरवाही गरी इलाज गरी ज्यानै गए पाँच वर्ष सम्म कैद र पचास हजार सम्म जरीमान हुन्छ।

९. म्याद नाघेको औषधी विक्री वितरण गर्नु हुदैन। गरे एक वर्ष सम्म कैद र दश हजार सम्म जरिमाना हुन्छ।

१०. ठेक्का लिने व्यक्तिले वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिले निर्धारित मापदण्ड र गुणस्तरको सामान प्रयोग नगरी वा सामानको कम प्रयोग गरी काम गर्न हुदैन। गरे दश वर्ष सम्म कैद र एक लाख रुपैयाँसम्म जरिमान हुन्छ।

११. कसैले बैंक नोट(पैसा) मा लेख्न वा कोर्न हुदैन। लेखे वा कोरेमा तीन महिन सम्म कैद र पाँच हजार सम्म जरिमान हुन्छ।

१२. कसैले गाई गोरु कुट्न, मार्न हुदैन। कुटे छ महिना सम्म कैद र पचास हजार सम्म जरिमाना र मारे तीन वर्ष सम्म कैद हुन्छ।

१३. कसैले कसैलाई गाली गर्न हुदैन। गाली गरे एक वर्ष सम्म कैद वा दश हजार सम्म जरिमाना वा दुवै सजाय हुन्छ।

१४. कसैले हातहतियार सहित संगठन निर्माण गर्न हुदैन। गरे जन्म कैद हुन्छ।

१५. कसैले संक्रामक रोग वा मानव प्रतिरोधक क्षमता नष्ट गर्ने जिवाणु फैलाउन, सार्न हुदैन। उल्लेखित कार्य जानाजान गरे दश वर्ष सम्म कैद र एक लाख सम्म जरिमाना हुन्छ।

लेखक खनाल अधिवक्ता हुन्

नयाँ