arrow

बास्केटबलमा नेपाललाई दोश्रो सफलता : पहिलो दिन बंगलादेश, दोस्रो दिन माल्दिभ्स स्तब्ध

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
basket-ball-n.jpg.jpeg
काठमाडौं । प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले बुधबार लगातार दोश्रो जित हात पारेको छ । नेपालले राउन्ड रोविन लिगको दोश्रो खेलमा माल्दिभ्सलाई ७७–३६ ले पराजित गरेको हो । नेपालको जितमा स्नेहा श्रेष्ठले २४ अंक योगदान गरिन् ।
 
चौथो क्वाटरमा १२–१७ ले पछि परेको नेपाल अन्यमा भने अगाडि रह्यो । नेपालले पहिलोमा २२–०, दोश्रोमा १९–१३ तथा तेश्रोमा २४–६ को अग्रता हासिल गरेको थियो ।
 
यसअघि, श्रीलंकाले भुटानलाई ११२–३१ ले हरायो । सबै क्वाटरमा हावी रहेको श्रीलंकाले क्रमशः ३१–६, २८–११, ३१–१२ र २२–२ अंक जोड्यो । श्रीलंकाको पनि यो लगातार दोश्रो जित हो । प्रतियोगिताअन्तर्गत बिहीबार बंगलादेश र माल्दिभ्स तथा भुटान र नेपालबीच खेल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ