arrow

‘राजाले बरु अंगुरको वाइन खालान् तर होली वाईन खाँदैनन्’

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
reporters-club.jpg

काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका छन् ।

कार्यक्रममा बोल्दै हाँस्यकलाकार  कलाकार राजाराम पौडेलले पछिल्लो समय राजतन्त्र फर्कने हल्ला चलिरहदा नेताको व्यवहारबाट वाक्क भएका र राजाले देश बेच्न नसक्ने जनाए ।‘राजाले बरु अंगुरको वाइन खालान तर होली वाईन खादैनन् ।’ उनले भने ‘ऋषि जीले नेपाली कागज ल्याउनु भएको भए म हस्ताक्षर गरेर दिन सक्छु राजाले देश बेचेको ईतिहास छैन ।’

अहिलेको संघीयताले पनि देशलाई कंगाल बनाउदै लगेको उनको आरोप रहेको छ । जनताले सोचे जस्तो देशमा परिवर्तन नआएको भन्दै उनले अहिलेका प्रदेश सांसद तथा माननियहरुले करोडौका गाडीको खरिद प्रक्रियाले राजा भन्दा पनि माथीको शैलि देखाई रहेको धारणा राखे ।

‘अहिलेका समाजिक सञ्जाल के भएका ? दिसा पिसाव गरेको समाचारलाई प्राथमिक्ता दिएर प्रसारण प्रकाशन गरिरहेका छन ।’उनले भने ‘वास्तविक पत्रकार को हो भन्ने छुट्टयाउन गाहो, जता पनि जात्रा नै जात्रा । ’समाजिक सञ्जालमा भाइरल भईरहने सेलिब्रेटिका वान पिस लुगाको मात्र यो देशमा चर्चा भईरहेको बताउदै कुनै विकास प्रेमि नेताको चर्चाको सधै अभाव हुँदै गएको उनले बताए ।

अहिलेको शासन व्यवस्था प्रतिको व्यङ्गमा उनले के के नै पाउन्छौ भनेर लागीयो तर अहिले त केहि पाउन त परै जाओस देख्न समेत नपाएको उनले सुनाए ।
कार्यक्रमकै क्रममा आफुले प्रधानमन्त्रीको जिम्मेवारी पाए अहिलेको मन्त्री मण्डलमा भएका कुनैपनि नेतालाई आफ्नो मन्त्रीमण्डलमा नराख्ने बताए । अहिलेका नेताहरुले कानुन हेरेर नभई अनुहार हेरेर न्याय दिने खेल भईरहेको पनि सुनाए ।

कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिमखडाले समाजमा घटिरहेका विभिन्न प्रकारका घटनाको बारेमा व्यङ्ग्य गरेका छन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको भन्दै उनले नेताहरुका आसेपासेहरुले देश लुटिरहेको गहिरो व्यङग्य प्रस्तुत गरे ।‘गाँउको हजारौ विघा जमिन बाँझै छोडेर नेतालाई भोट हाल्ने युवाजति सबै विदेशमा रहेका र नेताले आफ्ना सात पुस्तालाई पुग्ने सम्पती कमाउने धन्दामा रहेकाले देश विकासमा ध्यान नदिएको व्यङग्य गरे ।

प्रधानमन्त्री केपि शर्मा ओली तथा काँग्रेस सभापती शेरवहादुर देउवाको शैलीलाई बोलीमा उतार्दे उनले समय र परिवेस अनुरुप देश अगाडी नबढेको धारणा राखेका छन । नेपाललाई सुधार्न जनता जान्न चाहान्छन होइन अव नेता जान्न चाहान्छन कि चाहादैनन् भन्ने कार्यक्रम चलाउन पनि पत्रकार ऋषि धमलालाई उनले आग्रह गरे ।

त्यस्तै कार्यक्रममा हाँस्यकलाकार दमन रुपाखेतीले आजको दिनलाई नेताहरुको पुण्य तिथिको संज्ञा दिदै वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाएका छन् । अहिले हरेक घरमा नेता, पत्रकार,बलत्कारीहरु व्याप्तहुँदै गएको भन्दै उनले उखान टुक्काले मात्र देशमा रहेका विसंगतिको अन्य नहुने धारणा राखे ।

उनले भने, ‘वर्तमान सरकार जनताका जनजीविकाप्रति संवेदनशील छैन हत्याहिँसा बलात्कारका घटना दिनानु दिन बढीरहेका छन। गणतन्त्रको नामा जनता करको मारमा छन, करले जनतालाई थिचिरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ