arrow

सुशासन कायम गर्न सूचक निर्माण

logo
मुरली गोडिया,
प्रकाशित २०७६ साउन ३२ शनिबार
bardiya-info-citizen.jpg

गुलरिया, बर्दिया। बर्दियामा विभिन्न सरकारवाला निकाय र नागरिकहरुमा सुशासन कायम राख्न सुचकहरु निर्माण गरिएको छ। जिल्लामा रहको स्थानियक तह, सरकारी तथा गैरसरकारी संघ संस्था लगायत समग्र जिल्लामा शुशानको प्रत्याभुति दिलाउने उद्धेश्यले विभिन्न बुँदा गरि ८ वटा सुचकहरु तयार पारिएको हो।

गुलरियामा भएको एक कार्यक्रममा नागरिक समाज, स्थानियक तहका जनप्रतिनिधी, गैरसरकारी संघ सस्थाका प्रतिनिधी संचारकर्मीहरुका समुहिक छलफल पश्च्यात शुसासन कायम गर्न गराउन, सेवाप्रदायक कार्यलय वा सेवाग्राहीबीच अनुभुति गरिने शुसासन लागी ८ वटा सुचकहरु तयारपारिएको सुचना मानव अधिकार अनुसन्धान केन्द्र बाँके, बर्दियाका कार्यक्रम संयोजक रविन्द्र ज्ञवलीले बताए।

विभिन्न संघ संस्थाहरु संचालन गर्न सम्बन्धि विषयका बारेमा नीति नियमको पालना गरे नगरको, विधान अनुरुप संघ कार्यलय संघ संस्थाहरुले सेवा प्रदान वा कार्यलय संचालन गर्ने गरेको वा नगरेको लगायत विषयहरु समेटीएको बँदाहरु समावेश रहको ज्ञवलीले बताए।

महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुको संयोजकत्वमा निर्णय भएको छ। सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा जवप्रतिनिधि, बिभिन्नसंघ संस्थाका प्रमुख, नागरीक समाजका अगुवाहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।



नयाँ