arrow

मैत्रीपूर्ण फुटबल : संचारमन्त्री राईको राजनीतिज्ञ टोलीलाई हराए पत्रकारले

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
football-neta.JPG.jpeg
काठमाडौं । नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा राजनीतिज्ञको टोली र पत्रकारको टोलीबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा वुधबार भएको मैत्रीपूर्ण फुटबलमा निर्धारित ६० मिनेटको खेल हुँदा पत्रकारको टोली ३–२ को संघर्षपूर्ण जित निकाल्न सफल भयो ।  
 
खेल सकिन एक मिनेट बाँकी छँदा पत्रकार सुन्दर खनालले गोल गरेपछि पत्रकार टोलीको जित सुनिश्चित भयो । पहिलो हाफमा पनि खनालले नै दुई गोल गरे । पत्रकार टोलीका सुदीप बुढाथोकीले एक आत्मघाती गोल गरेपछि राजनीतिज्ञ टोलीलाई राहत भएपनि जीवन केसीले गरेको एक गोल जितका लागि पर्याप्त भएन । 
 
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राजनीतिज्ञ टोलीको नेतृत्व गरेका थिए । पत्रकार टोलीको नेतृत्व पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले गरेका थिए ।  युवा राजनीतिज्ञको बाहुल्यता रहेको टोलीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेसका नेता गगनकुमार थापा, प्रदीप पौडेल, रामहरि खतिवडा, गुरुराज घिमिरे, एमाले नेता विकास लम्साल, रामकुमारी झाँक्री, नविना लामा, राजीव पहारी, माधव ढुङ्गेल, एकिकृत माओवादीका धर्मशीला चापागाईं तथा नयाँ शक्ति नेपालका गङ्गा श्रेष्ठलगायत थिए ।  
 
त्यसैगरी, पत्रकार टोलीमा महासचिव उजिर मगर, दिलीप थापामगर, दिल तामाङ, सरस्वती ढकाललगायत थिए । खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री राईले खेलले पत्रकार र राजनीतिक दलबीच आत्मीयता बढाएको प्रतिक्रिया दिए । मन्त्री राईले भने, ‘आगामी दिनमा पनि यस्तो मैत्रीपूर्ण खेल भइरहनुपर्छ ।’ 
 
गृहमन्त्री बस्नेतले धेरै समयपछि फुटबल खेल्दा रमाइलो अनुभव भएको बताए । त्यस्तै, युवा नेता गगन थापाले खेल्ने अभ्यास नभएपनि दुवै टोलीका खेलाडीले पूरै अवधिभर डटेर खेलेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ