arrow

मंगल मिशनबारे एलन मस्को भ्रम

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार
elon-musk-mars-mission.jpg

काठमाडौं। स्पेस एक्सका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटले अहिले चर्चा पाएको छ। उनले मंगल ग्रहमा न्युक्लियर हतियारको सहयोगमा विष्फोट गराउने उल्लेख गरेका छन्। विष्फोटको माध्यमबाट मंगल ग्रहको वायुमण्डमलमा कार्बन डाइअक्साइट ग्यास फैलाउने र यो ग्रहलाई मानव बस्तीको लागि उपयुक्त बनाउने उनको भनाइ छ। 

मस्कको यस किसिमको घोषणा उनको केही भ्रममा आधारित छन्। उनले यो योजना सन् २०१५ देखि अघि सार्दै आएका छन्। जतिबेला स्टेफिन कोलबर्टले मंगलको सतहमा विष्फोट भएसँगै कार्बन डाइअक्साइड फैलाउन सकिने बताएका थिए। तर, वैज्ञानिकहरुले भने यो परिकल्पना गलत रहेको बताएका थिए।

नासाले गरेको अनुसन्धानको क्रममा न्युक्लियर हतियारको माध्यमबाट केही कार्बनडाइअक्साइड वायुमण्डलमा फैलाउन सकिने संकेत गरेका छन्। तर, यस किसिमको कार्यबाट पृथ्वीको तुलनामा भने अलिकति पनि बनाउन सकिँदैन। सन् २०१८ को एक अध्ययनले मंगलमा वायुमण्डलीय कार्बनडाइअक्साइड पृथ्वीको तुलनामा शून्य दशमलव ६ प्रतिशत मात्र छ। यदि मस्कले यो प्रयास गरेपनि यो ७ प्रतिशतभन्दा बढी हुन सक्दैन। तर, मस्क रोकिएका छैनन्। उनले यो मिसनका लागि एक टि–सर्ट पनि बनाएका छन्।

वैज्ञानिकहरुले मस्कले कहाँबाट सूचना पाउँछन् भन्ने कुरा थाहा नभएको तर अहिलेको प्रविधिको प्रयोग गरेर उनको योनजना पूरा हुने सम्भावना नरहेको बताएका छन्।

मंगललाई निकट भविष्यमा नै मानव बसोवासका लागि योग्य बनाउने योजना हास्यास्पद मात्र हुनेछ। किम स्ट्यान्ली नाम गरेकाएक वैज्ञानिकले भने मंगलमा विष्फोटको माध्यमबाट वायुमण्डल बनाउन सकिने बताएका थिए। तर, त्यो काम अहिले तत्कालका लागि सम्भव नभएको पनि बताएका थिए। तर, अझै पनि मस्क आफ्नो योजनामा अडिग छन्। 

वैज्ञानिकहरुले मंगललाई अधीनमा लिन सायौं वा हजारौं वर्ष लाग्नसक्ने बताएका छन्। तर, एउटा कुरा के स्पष्ट छ भने न्युक्लियर हतियारको माध्यमबाट मंगल ग्रह पृथ्वीजस्तो बन्न नसक्ने स्पेस डटकमले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ