arrow

'बर्दियाको समस्या निर्मुल पार्न नसके जिल्ला छोडेर जान्छु'

logo
मुरली गोडिया,
प्रकाशित २०७६ साउन ३२ शनिबार
bardiya-cdo.jpg

गुलरिया, बर्दिया। बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बर्दियाको विकासका लागी आफु लागी परेको बताएका छन्। बर्दियामा प्रहरी, पत्रकार, लगायतलाई साक्षी राखेर जिल्लामा हुने गरेको चोरी सिकारी, तस्करी, कलोबजारी लगायतका समस्या निर्मुल पार्न सके आफु बर्दिया बस्ने अन्यथा यो ठाँउबाट आफु जाने उदघोष गरेका प्रमुख जिल्ला अधिकारीले एक कार्यक्रममा आफु बर्दियाको समग्र विकास लागी परेको बताएका हुन।

बर्दिया जिल्लामा हुँदै आएको ब्रोइलर कुखुरा, खसी बोका अवैध रुपमा आयात, खाद्य समाग्रीमा भइरहेको मिसावट, कालोबजार जस्ता समास्या समाधानमा आफुले क्षमता अनुसारको काम गरेको बताएका हुन। ब्रोइलर कुखुराको अवैध तस्कारी करिब सकिएको बताए।

बर्दिया जिल्ला अन्र्तगतका साना किसान कृषी सहकारी संघ लिमिटेडको वार्षिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले यस्तो बताएका हुन। सहकारी संस्थाहरुको अभियानले नेपाल सरकार मुल नारा सुखी नेपाली समृद्ध नेपाललाई सार्थक बनाउन महत्वपुर्ण टेवा पुर्‍याएको उनले भने। खुला सिमान तथा अन्य नितीगत समास्याका कारण अहिले किसानलाई मलको लागी समास्या भोग्नु परको बताए। जस्का लागी भारतिय पक्ष तथा सिमामा तैनाथ शाशस्त्र प्रहरी संग संवाद समेत गरेको उनले भने।

साना किसान कृषी सहकारी संघ लिमिटेडका अध्यक्ष हरि बहादुर अधिकारीको अध्यक्षातामा भएको उक्त कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारीले नेपालमा २१ प्रतिशत जनता गरिबी रेखा मुनी रहेका छन जसका लागी सरकारले नितीगत रुपमा गरिबी निवारणका ऐनहरु बनाउन अवश्यक रहको छ ” उनले भने। कार्यक्रममा बोल्दै साना किसान कृषी सहकारी संघ लिमिटेडका अध्यक्ष हरि बहादुर अधिकारीले सहकारीले गर्दै आएको कार्यहरुमा भएको कमी कमजोरीहरुलाई सच्याउनु पर्ने बताए।

एउटा व्यक्ति एउटा सहकारीमा हुनु पर्ने मान्यता अनुरुपको नयाँ कानुनी प्रवधान आउन लागेको जानकारी दिएका छन। कार्यक्रममा जिल्लाका विभिन्न कृषी सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ