arrow

गोपाल पाँडे 'असीम' पुरस्कार साहित्यकार शेषराज शिवाकोटीलाई

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार
sheshraj-shiwakoti-gopal-pandey-prize.jpg

काठमाडौं। गोपाल पाँडे 'असीम' पुरस्कार साहित्यकार शेषराज शिवाकोटीलाई प्रदान गरिएको छ। न्यायाधिश समेत रहेका शिवाकोटीलाई गोपाल पाँडे 'असीम' को १०७ औं जन्म जयन्ती तथा नेपाली शिक्षा परिषदको ६९औं बार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको हो। पुरस्कार प्रत्येक बर्ष प्रदान गरिदै आएको छ।

बरिष्ठ साहित्यकार चित्तरञ्जन नेपाली सहितका अग्रज साहित्यकारहरुले शिवाकोटीलाई पचास हजार राशी सहितको पुरस्कारबाट सम्मानित गरेका थिए। 

भाषा, साहित्य र व्याकरणका धुरन्धर गोपाल पाँडे संस्थापक रहेको नेपाली शिक्षा परिषदमै एक विशेष कार्यक्रममा शिवाकोटी सहितका अन्य व्यक्तित्वहरुलाई पनि सम्मानित गरिएको थियो। 

सम्मान ग्रहण पछि साहित्यकार शिवाकोटीले आफू विद्यालय तहदेखि नै पाँडेको साहित्य तथा व्याकरण र भाषाबाट प्रभावित भएको उल्लेख गर्दै आफ्नो अदालती फैसला लेखनमा समेत त्यो कायम रहेको बताए। 

कार्यक्रमका वक्ताहरुले न्याय सेवामा लागेर पनि शिवाकोटीले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। 

गोपाल पाँडे ' असीम ' पुरस्कार नेपाली साहित्य क्षेत्रको सम्मानित पुरस्कार मानिन्छ। भाषासेवी तथा साहित्यकार पाँडेको नाममा स्थापित पुरस्कार यसअघी कमलमणी दिक्षित लगायतका वरिष्ठ साहित्यकार तथा भाषासेवीलाई दिइएको थियो। 

कार्यक्रममा अग्रज नारी साहित्यकार ९० बर्षिया चारुशिला मिश्रलाई अभिनन्दन गरिएको थियो। परिषदका अध्यक्ष राष्ट्रकवि माधव प्रसाद घिमिरेको नाममा प्रकाशित विशेषाङक विमोचित गरिएको थियो। कार्यक्रममा परिषदलाई महानन्द साहित्य सम्मानबाट सम्मानित गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ