arrow

टि-२० विश्वकप क्रिकेट: ईङल्याण्ड फाईनलमा

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
jason-roy.jpg.jpeg
काठमाडौं। न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै ईङल्याण्ड टि-२० विश्वकपको फाईनलमा प्रवेश गरेको छ। 
 
टस  जितेर न्युजिल्याण्डलाई ब्याटिङकालागि निम्त्याएको ईङल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १५३ रनमा न्युजिल्याण्डलाई रोकेको थियो।न्युजिल्याण्डका कोलिन मुनरोले सार्वाधिक ४६ रन बनाएका थिए। त्यसैगरि केन विलियमसनले ३२ रनको योगदान गरेका थिए।ईङल्याण्डका बेन स्टोक्सले ३ विकेट लिएका थिए।
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको ईङल्याण्डले जेसन रोयको ७८ रनको मदतले १७.१ ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। जोस बटलरले ३२ रनको योगदान गरेका थिए। न्युजिल्याण्डका ईश सोधीले २ विकेट लिएका थिए। खेलका प्लेयर अफ द म्याच जेसन रोय घोषित भएका थिए। 
 
दोस्रो सेमी फाईनल भारत र वेष्ट ईण्डिज बिच हुनेछ। बिजेताले फाईनलमा ईङल्याण्डको सामना गर्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ