arrow

सबैभन्दा बढी कमाउने अक्षय भन्छन्– कुनैबेला २ सय पनि हुँदैनथ्यो

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
akshaya2.jpg

काठमाडौं । भारतीय अभिनेता अक्षय कुमार विश्वको सबैभन्दा आम्दानी गर्ने अभिनेताको सूचीमा परेका छन् । यो सूची फोब्र्सले जारी गरेको हो । अक्षय कुमारले एक वर्षमा ४ देखि ५ फिल्म दिने गरेका छन् । जसमा धेरैजसो हिट हुने गरेका छन् । अहिले अक्षय कुमार आफ्नो आगामी फिल्म ‘मिशन मंगल’को प्रमोशनमा व्यस्त छन् ।

 अक्षयले आफ्नो करियरको शुरुमा धेरै फ्लप फिल्म पनि दिएका थिए । पछिल्लो समय उनले आफ्नो संघर्ष र सफलताको विषयमा उनले एक अन्तर्वार्तामा उल्लेख गरेका छन् । उनले आफूले जीन्दगीमा धेरै संघर्ष गरेको तर आशा भने नमारेको बताएका छन् ।

अक्षयले आफ्नो जीवनको बारेमा बोल्दै आफूले निकै नराम्रो समयको सामना गरेको बताएका छन् । उनले सबैजसो अभिनेताको जीवनमा पनि उतारचढावको सामना गर्नुपर्ने अवस्था आउने भन्दै आफूले पनि उक्त अवस्थाको सामना गरेको बताए । उनले आफूले कहिलेकाँही आफू बस्ने भवनमुनि राखिएको कार गन्ने गरेको बताए । उनले कहिलेकाँही अफिसमा राखिएका सामग्री हेर्दै सपना देख्ने गरेको बताए ।

उनले आफूले कहिलेकाँही आफू किन रोइरहेको छु भनेर सोच्ने गरेको बताए । उनले आफूलाई सधैं भगवान्को साथ मिलेको पनि बताए । उनले संसारमा कसैको केही पनि नभएका मानिस पनि रहेको बताए । उनले आफूसँग त्यतिबेला खल्तीमा २ सय रुपैयाँ पनि नरहने गरेको बताए ।

फोब्र्सको सूचीमा आफ्नो नाम आएसँगै अक्षयले पैसा कमाउन एक÷एक पैसा कमाउन निकै मिहिनेत गरेको बताएका थिए । उनले त्यसकारण पनि यो सूचीमा पर्नु आफ्नो लागि निकै महत्वपूर्ण कुरा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ