arrow

बहुविवाहमा फसेकी अभिनेत्री शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेश    

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
shilpa-pokhrel-and-chhabi-ojha.jpg

काठमाडौँ । सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आइतबार तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।     
     
 काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्च अदालतमा आइपुगेको मुद्दामा सो आदेश भएको हो । छलफलका लागि यही भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ ।     
     
 अभिनेत्री पोखरेलले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी उच्च अदालत पाटनले खारेज गर्न अस्वीकार गरेको थियो । निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको बहुविवाह मुद्दामा काठमाडौँ जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ