arrow

गुगल मोबाइल पसलमा आगलागी     

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
fire-final.jpeg

भरतपुर । चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतबार राति आगलागी भएको छ ।

आगलागीबाट भवनको भुइ तलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेका छन् । 

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । 

भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ