arrow

आदिबासी जनजाती महासंघ गुलरियामा हिमाल धर्ती

logo
मुरली गोडिया,
प्रकाशित २०७६ भदौ २ सोमबार
group_foto.jpg

गुलरिया,बर्दिया । नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद गुलरियको प्रथम नगर परिषदबाट अध्यक्षमा हिमाल घर्ति चयन भएका छन । बर्दियाको आठ वटा स्थानिय तह मध्ये गुलरिया नगरपालिकामा बसोबास गर्दै आइरहेको आदीबासी जानजातीहरु संगठित रुपमा अघि बढ्ने भए पछि प्रथम जिल्ला अधिवेशन गरिएको हो ।

 नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बर्दियाका अध्यक्ष मेघ बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ५ समितिका उपाध्यक्ष राम थारु, नेपाल मगर संघ जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष धर्मराज घर्तीमगर, लगायत आदीबासी जानाजातीको उपस्थितीमा कार्यक्रम भएको अध्यक्ष हिमाल घर्तीले बताए ।

त्यसैगरि नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद गुलरियको प्रथम नगर परिषदबाट प्रथम उपाध्यक्षमा शोभा थापा, द्धितिय उपाध्यक्षमा दिपकलाल श्रेष्ठ, तृतिय उपाध्यक्षमा नर बहादुर गुरुङ्ग, सचिवमा जोगीराम थारु, सह सचिवमा प्रभु कुचबधिया रहेको अध्यक्ष घर्तीले बताए । कार्यक्रममा उपस्थित भएका वक्ताहरुले आदिबासी जनजातीहरुको हक अधिकारका लागी आफुहरु सधै लागि रहने बताएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ