arrow

के आलिया भट्टकी मिल्ने साथीसँगको प्रेममा छन् के एल राहुल ?

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
kl-rahul.png

काठमाडौं । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान केएल राहुल अहिले वेस्ट इन्डिज भ्रमणको क्रममा छन् । राहुलले वेस्ट इन्डिजविरुद्धको दुई टेस्ट खेलमा पनि सहभागिता जनाउनेछन् । यसैबीच उनको निजी जीन्दगीको विषयमा एक नयाँ हल्ला शुरु भएको छ । उनी अहिले भारतीय अभिनेत्री आलिया भट्टकी मिल्ने साथीसँग प्रेम सम्बन्धमा रहेको हल्ला चलेको हो ।

राहुलको नामपछिल्लो केही वर्षयता विभिन्न नायिकासँग जोडिइसकेको छ । सोनम बाजवा र आथिया शेट्टीका साथै अन्य केही नायिकासँग डेटिङ गरेको हल्ला उनको विषयमा चलेको थियो । अहिले उनको नाम आलिया भट्टकी मिल्ने साथी आकांक्षा रंजनसँग जोडिएको छ ।

यसबारे केएल राहुलले आफैंले सफाइ दिनुपरेको छ । एक अंग्रेजी समाचारपत्रमा प्रकाशित समाचारसँगै केएल राहुलले एक अन्तर्वार्तामा आकांक्षा रंजनसँगको प्रेम सम्बन्धबारे सोधिएको प्रश्नमा आफूलाई प्रकाशित समाचारको विषयमा थाहा नभएको बताएका छन् । उनले आफ्नो निजी जीन्दगीलाई कसरी निजी नै राख्नुपर्छ भन्ने कुरा थाहा भएको बताए । उनले आफू अहिले क्रिकेटमा व्यस्त रहेको उल्लेख गरे ।

उनले आफू कोहीसँग प्रेम सम्बन्धमा रहेको वा नरहेको भन्नेबारे पनि कुनै जानकारी दिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ