arrow

मौसम बिग्रियो, देशभर बदली

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
weather.jpg

काठमाडौं । देशभर मौसम बिग्रिएको छ । मंगलबार बिहान देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्ला बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले मनसुनको न्यून चापिय रेखा औसत स्थानको आसपास रहेको जनाएको छ । साथै भारतको उत्तर–प्रदेश तथा हरियाणा आसपासमा न्यून चापिय प्रणाली अवस्थित रहेकाले यो कमजोर बन्दै गइरहेको पनि जनाएको छ । 

महाशाखाले मंगलबार दिनभर देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। 

त्यस्तै राति देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

सोमबार भैरहवामा सबैभन्दा बढी १४० मिलिमिटर वर्षा भएको थियो । काठमाडौं उपत्यकामा पनि मौसम खुल्न सकेको छैन । सोमबार पनि उपत्यकाका विभिन्न स्थानमा वर्षा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ