arrow

असार १७ गते विवाह गरेर कमाउन भारत गएका १९ वर्षे अर्जुनको मृत्यु, शोकले श्रीमती अचेत, शव ल्याइँदै  

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
Raptisonari_Gaunpalika.png

राँझा । भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव मंगलबार रातिसम्ममा नेपाल ल्याइने भएको छ ।

रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।     
     
 राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरामा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिए । 

उनका अनुसार गत साउन ३२ गते रातिको समयमा आएको पहिराले रुख ढलाउँदा च्याँपिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परेर बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घाइते भएका छन् ।     
     
उनीहरु गत साउन १७ गते भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए । 

उनीहरुसँगै गाउँका ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहेका घर्तीले भारतबाट शव ल्याउने काम भइरहेको जानकारी दिए । मंगलबार रातिसम्म शव नेपाल आइपुग्ने उनले बताए ।

 दुवैको मृत्युको खबरले चिलहरिया गाउँ शोकमग्न भएको छ । अर्जुनले गत असार १७ गतेमात्रै विवाह गरेका थिए । विवाहको एक महीना नबित्दै कमाउन भारत हिँडेका श्रीमान्को मृत्युको खबरले श्रीमती दीपा बुढा अचेत छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ