arrow

पोखरामा उद्यमशील कार्यक्रम शुरु; रामेश्वर थापा पहिलो अतिथि

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
Rameshwar-Thapa.jpg.jpeg
पोखरा । उद्यमशीलता जगाउने हेतु राखेर होटल स्नोल्यान्डले ‘उद्यमशील कार्यक्रम शृंखला’ सुरु गरेको छ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम हरेक अंग्रेजी महिनाको अन्तिम दिन साँझ ४ बजे पोखरा—६ लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै सेमिनार कक्षमा हुनेछ । ‘संघर्षले रोलमोडल बनेका उद्यमीको सफलताको कथा र उत्प्रेरणादायी मन्तव्य कार्यक्रमको मुख्य विशेषता हो,’ होटलका अध्यक्ष गणेशबहादुर थापाले भने, ‘उद्यमशील बन्न इच्छुक युवालाई जमघट गराई प्रेरणा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हुनेछ ।’ 
 
कार्यक्रमको पहिलो शृंखलामा सिम्रिक एयरलाइन्स र सिम्रिक एयरका अध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष एवं सफल उद्यमी क्याप्टेन रामेश्वर थापालाई निम्त्याएको जानकारी थापाले दिए । क्याप्टेन थापासँग मार्च ३१ अर्थात चैत १८ गते बिहीबार साँझ ४ बजे संवादमूलक कार्यक्रम हुनेछ । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले अपिल गरेको छ । 
 
स्वदेशमा उद्योगधन्दा र रोजगारीको प्रशस्त सम्भावना हुँदा हुँदै पनि अन्योलमा रुमलिएको युवाशक्तिलाई स्वरोजगार वा उद्योगी बन्ने बाटो देखाई देशको अर्थतन्त्रलाई थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यबाट यस्तो कार्यक्रम शृंखला सुरु गरेको होटल अध्यक्ष थापाले बताए । ‘सफल उद्यमीले पार गरेका अप्ठेराहरुको अनुभव सुनाई युवापुस्तालाई जोखिम लिनसक्ने र एकाध असफलताबाट निराश नबन्ने प्रेरणा दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘म आफैं पनि नयाँ व्यवसायी हुँ, मैले मात्रै गरेर हुँदैन मजस्ता युवा व्यावसायिक फिल्डमा आउनुपर्छ भन्ने लागेर कार्यक्रमको अवधारणा ल्याएँ ।’ उनले सफल उद्यमीहरुमध्ये धेरैजना पारिवारिक विरासतका भरमा शिखरमा पुगेको भन्ने भ्रम युवाहरुबाट हटाउनुपर्ने खाँचो पनि औंल्याए । 
 
‘हामी धेरैजसोलाई के लाग्छ भने पारिवारिक लिगेसी वा भाग्यविधाताको भरमा सफलता मिल्छ,’ उनले भने, ‘तर, त्यसो होइन, जस्तै कठिन परिस्थितिमा रहेर पनि सफल उद्यमी बन्न सकिन्छ भन्ने प्रमाणहरु प्रशस्त छन् । हाम्रो कार्यक्रममा ती सजीव प्रमाणहरुसँग साक्षात्कार गर्न पाइनेछ ।’ सामाजिक उत्तरदायित्वका लागि भनेर दान र मानमा अल्झनुभन्दा उद्यमी जन्माउन प्रयत्न गर्नु उचित लागेर यस्तो कार्यक्रम गर्न लागेको उनले प्रष्ट्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ