arrow

डा महत घरको भर्‍याङबाट लडेर घाइते

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
ramsaran-mahat.jpg.jpeg
काठमाडौँ। पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महत घरको भर्‍याङबाट लडेर घाइते भएकाछन्।
 
बुधबार दिउँसो लडेर घाइते हुनुभएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको छ । उहाँको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। भर्‍याङबाट चिप्लिएर लड्नुभएका डा महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा महतका सहयोगी रमेश महतले जानकारी दिए।
 
यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता तथा सांसदले ग्राण्डी अस्पताल पुगी डा महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। रासस 



नयाँ