arrow

मध्यपहाडी लोकमार्ग निर्माण ढिलाईबारे पर्वत कांग्रेसको गम्भीर ध्यानाकर्षण

logo
गणेशबहादुर क्षेत्री,  
प्रकाशित २०७६ भदौ ४ बुधबार
parbat-cdo-office.jpg

पर्वत । नेपाली कांग्रेस पर्वतले मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा कुश्मा खण्डको निर्माण कार्यको ढिलाइबारे जिल्ला प्रशासन कार्यालय पर्वतमा ध्यानाकर्षण गराएको छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मार्फत सम्वन्धित कार्य गर्ने निर्माण कम्पनीलाई ध्यानाकर्षण गराएको हो ।

जोशीले बाग्लुङ पोखरा सडक खण्डमा धेरै खाल्टाखुल्टी भएको, बीचबीचमा पहिरो गएकाले सडकमा यात्रा गर्न जोखिम भएको, कति बला नागरिकको जीउ ज्यान नै जाने हो भन्ने अवस्था भएकाले निर्माण कम्पनी गम्भीर गर्न ध्यानाकर्षण गराए । 

बिरामी, सुत्केरीहरु कुश्माबाट पोखरा उपचारमा लान समेत अप्ठ्यारो भएकाले अकालमा नै ज्यान सक्ने भएकाले त्यसतर्फ सचेत बन्नसमेत उनले आग्रह गरे । 

लामा कन्ट्रक्सनको काम पहिले दूर्त गतिमा भएकाले सम्झौता अवधि अगाडि नै सक्ने सभावना देखिएको तर २ महिना सुस्त अवस्थामा रहेको कारण अब संझौता अवधिमा पनि काम सक्न नसक्ने अवस्था देखिएकाले पनि ध्यानआकर्षण गराउनु परेको बताए । 

उनले राज्यका तर्फबाट नागरिकको तर्फबाट केही अवरोध भए सहजिकरण गर्न कांग्रेस तयार रहेको जानकारी गराउँदै पर्वत खण्डमा काम गर्न सहज रहेको धारणा राखे । यस्तो अवस्थामा पनि निर्माण कम्पनाीले समयमा काम नगर्ने हो भने उसको लापारवाही हो भन्दै त्यस्तो लापारवाही नगर्न चेतावनी दिए ।

नागरिकका तर्फबाट र राज्यका तर्फबाट सहयोग हुँदाहुँदै अगाडि नबढाउनु सडकमा परेका खाल्डाखुल्डी नपुर्नु र यातायातलाई सहज नबनाउनु भनेको नागरिकप्रति प्रशासन र निर्माण कम्पनी जिम्मेवार छैनन् भन्ने सन्देश जाने भएकाले त्यसतर्फ सचेत बनाउन कांग्रेस पर्वत कृयाशिल भएको धारणा राखे । 

त्यसै क्रममा नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले कुश्मा नगरपालिका वडा नं ६ खरेहा गेटदेखि डम्डारे खोलासम्म चार लेनको सडक निर्माणका लागि तयारी भएता पनि उक्त सडक, गुप्तेश्रर क्याम्पससम्म विस्तार गर्न अनुरोध गरे । 

जसले गर्दा गुप्तेश्रर क्याम्पसमा विद्यार्थी आवतजावतमा सहजता हुुने र ट्राफिकमा धेरै चाप नपर्ने भएका कारण अनुमान बढाएर उक्त स्थानसम्म चार लेनको सडक निर्माणका लागि माग गरे ।

मध्यपहाडी लोकमार्ग कास्की नयाँपुलदेखि पर्वत मालढुंगासम्मको निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी लामा कन्ट्रक्सनका प्रतिनिधि गोविन्द भुषाल, मध्यपहाडी आयोजना कार्यालय पर्वतका लेखाअधिकृत रामचन्द्र सुवेदीले कामको प्रगतीको बरेमा जानकारी गराएका थिए ।

लामा कन्ट्रक्सनका प्रतिनिधि गोविन्द भुषालले निर्माण कार्यको शुरुवात भएको जानकारी दिए । असार महिना कुनै काम नगरेको स्वीकार गर्दै हाल पूर्व वेतनीदेखि १ सय ५ जना कामदारले कामको शुरुवात गरेको र ५ स्थानबाट काम अगाडि बढाएको बताउँदै आजैबाट सडकमा रहेका खाल्डाखुल्डी समाउने प्रतिवद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले विभिन्न समयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर निर्माण कम्पनीलाई ध्यानाकर्षण गराएको, समय समयमा सडकका खाल्टाहरु पुर्न लगाएको भएता पनि सन्तोषजनक काम नभएको बताए । 

विगतमा जे भएता पनि अब निर्माण कम्पनी पूर्णरुपमा कार्य गर्ने गरी प्रस्तुत भएकाले छिटै सडक निर्माण कार्य पूरा हूनेमा विश्वास व्यक्त गरे । 

मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत कास्की नयाँपुलदेखि पर्वत मालढुंगासम्मको झण्डै २४ किलोमिटर सडक खण्ड पर्दछ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो सडकखण्डको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।

यस सडकको यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको भए पनि सोचे अनुसारको प्रगति हुन सकेको छैन । कम्पनी लामा कन्ट्रक्सनका प्रतिनिधि गोविन्द भूषालले आयोजनाको संझौता अवधि २०७७ कार्तिक मसान्त सम्म सवै काम सक्ने प्रतिवद्धता जनाए ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा ध्यानअकर्षण गराउन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी, जिल्ला कार्यसमिकिा सदस्यहरु कूलप्रसाद उपाध्याय, डा चूडामणी शर्मा, सरस्वती जिज्ञासू, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष तथा सवैको अनलाईन डट कम का प्रधान सम्पादक गणेशबहादुर क्षेत्री, प्रेस युनियनकी अध्यक्ष माया अधिकारी, कृयाशिल सदस्य रामहरि शर्मा लगायत पत्रकारहरुको टोली रहेको थियो ।

आयोजनाको पर्वतको अँधेरी खोलादेखि मालढुंगासम्मको २४ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्ट्रक्शन प्रालीले जिम्मा लिएको हो । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ