arrow

भारत- वेष्टईण्डिज: घरेलु मैदानमा भारत र टि-२० स्टारहरुले भरिपुर्ण वेष्टईण्डिज

टि-२० अन्तराष्ट्रियमा ४ खेल खेलेका भारत र वेष्टईण्डिज दुवैले २-२ खेल जितेका छन्

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
Indi_WI.jpg.jpeg
काठमाडौं। टि-२० विश्वकप क्रिकेटको दोस्रो सेमीफाईनलमा भारत र वेष्ट ईण्डिज भिड्दैछन्। फाईनलमा ईङल्याण्डसँग भिड्न दुई मध्य बिजेता टोली पुग्ने छ। 
 
भारत र वेष्ट ईण्डिजले एक अर्का बिरुद्ध टि-२० अन्तराष्ट्रियमा ४ खेल खेलेका छन् भने दुवैले २-२ खेल जितेका छन्। भारतले अहिलेसम्म कुल ७२ टि-२० अन्तराष्ट्रिय खेल केलेकोमा ४५ खेल जितेको छ भने २६मा पराजित भएको छ र १ खेल बिना निष्कर्श सकिएको छ। 
 
वेष्टईण्डिजले कुल ७५ खेल खेलेकोमा ३८ खेलमा बिजयी भएको छ भने ३५ खेलमा पराजित भएको छ र २ खेल बिना निष्कर्श सकिएको छ। 
 
भारतले टि-२० विश्वकपको सेमीफाईनलमा २ पटक प्रवेश गरेको छ र दुवै पटक आफ्नो खेल जितेको छ। सन् २००७को विश्वकपमा अष्ट्रेलियालाई १५ रनले पराजित गरेको थियो भने सन् २०१४मा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो। 
 
वेष्टईण्डिज ३ पटक टि-२० विश्वकपको सेमीफाईनलमा प्रवेश गरेको छ। ३ पटकमा १ पटक बिजयी भएको छ भने २ पटक पराजित भएको छ। सन् २००९ र २०१४मा पराजित वेष्टईण्डिज २०१२मा बिजयी भएको थियो। 
भारत र वेष्टईण्डिज पहिलो पटक टि-२० विश्वकपमा आमने सामने भएका छन्। 
 
भारत
भारतले समुह चरणमा ३ खेलमा बिजयी हुँदै सेमी फाईनलको यात्रा तय गरेको हो। न्युजिल्याण्डसँग पराजित भारतले पाकिस्तान, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो। 
 
भारतकालागि पछिल्लो समयमा अन्तराष्ट्रिय क्रिकेटमा तहल्का मच्चाईरहेका विराट कोहलीको खेल महत्वपुर्ण हुनेछ। फर्ममा रहेका कोहलीलाई रोक्नु वेष्टईण्डिजकालागि चुनौतीको बिषय हुनेछ। 
 
कप्तान महेन्द्र सिंह धोनी पनि अर्का प्रमुख खेलाडी हुन र उनको कप्तानीको जती तारिफ गरे पनि कम हुन जान्छ। बंगलादेशसँग १ रनको जीत दिलाउन सफल बलर हार्दिक पाण्डे पनि हेर्न पर्ने खेलाडीका रुपमा रहेका छन् । 
 
वेष्टईन्डिज
आफ्नो सेमीफाईनल यात्रा तय गर्ने क्रममा वेष्टईन्डिजले ईङल्याण्ड, श्रीलंका र दक्षिण अफ्रिकालाई पराजित गरेको छ। तीन जीतका साथ सेमीफाईनलमा स्थान पक्का गरिसकेको वेष्टईण्डिज एसोसियट्स अफगानिस्तानसँग पराजित भएको थियो।  
 
वेष्टईन्डिजकालागि क्रिश गेल, आन्द्रे रसेल, मार्वन स्यामुयल्स र ड्वायन ब्राभोको खेल महत्वपुर्ण हुने देखिन्छ। गेलको बिष्फोटक ब्याटीङ चलेमा संभवत भारतलाई जीत निकाल्न हम्मे नै पर्नेछ । 
 
रसेल, स्यामुयल्स र ब्राभो टि-२०का विश्व स्तरिय खेलाडीका रुपमा चिनिन्छन्। यी चारले राम्रो खेलेमा वा भारतले यीचारलाई भाँध्न सकेन भने फाईनलमा वेष्टईण्डिजलाई सहजै देख्न सकिनेछ। 
 
भारत र वेष्टईण्डिज बिचको सेमीफाईनल केल रोमाञ्चक हुनेमा कुनै शंका रहेन तर भारतलाई आफ्नो घरेलु मैदानको फाईदा भने पुग्नेछ। वेष्टईण्डिजका प्रमूख खेलाडीहरु पनि भारतिय प्रिमियर लीगमा खेलिरहने हुनाले मैदान रपिचलाई राम्ररी बुझेका छन् र उनीहरुले त्यो अनुभवको फाईदा लिनेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ