arrow

एसएलसी परिक्षा २०७२: काठमाडौमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम परिक्षार्थी

logo
सुदिप बर्देवा
प्रकाशित २०७२ चैत १८ बिहिबार
SLC_2072_.jpg.jpeg
काठमाडौं। यसवर्षको एसएलसी परीक्षा आजबाट सुरु भएको छ । परीक्षाको पहिलो दिन अहिले अग्रेजी बिषयको परीक्षा सन्चालन भईरहेको छ । परीक्षामा कुल ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । 
 
परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार चार लाख ५२ हजार आठ सय ८१ तथा  आंशिकतर्फ एक लाख ५९ हजार चार सय १७ जना रहेका छन् । जसमध्ये नियमिततर्फ दुई लाख २५ हजार तीन सय ४६ छात्र र दुई लाख २७ हजार पाँच सय ३५ छात्रा छन् । 
 
यो वर्ष छात्रभन्दा दुई हजार एक सय ८९ जना छात्रा बढी छन् । यस्तै प्राविधिक तर्फ तीन हजार दुई सयजना परीक्षार्थी परीक्षामा सहभागी हुदैछन् । 
 
परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट ३५ हजार ७ सय २९ जना र सबभन्दा थोरै मनाङबाट ६३ परीक्षार्थी रहेका छन् । परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार ९ सय ४३ वटा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये उपत्यकामा ९३ वटा परीक्षा केन्द्र तोकिएका छन् । अघिल्लो बर्ष को तुलनामा यस बर्ष परीक्षा केन्दमा परीक्षार्थीको चाप बढि रहेको छ । 
बिनासकारी भूकम्पले बिद्यालय भवनलाई क्षति पुर्‍याए पछि परीक्षा केन्द्रमा बिद्यार्थीको संख्या बढि भयको हो । 
अघिल्लो बर्ष काठमाण्डौको डिल्लिबजार स्थित  विजय स्मारक उ.मा.बि परीक्षामा तिन सय पचास बिद्यार्थी थिए तर यस बर्ष सोहि परीक्षा केन्द्रमा पांच सय बाह्र बिद्यार्थी रहेको केन्द्राध्यक्ष्य तथा बिद्यालयका प्रधानाध्यपक दुर्गा प्रसाद कोईराला ले जानकारी दिनुभएको छ । 
 
आगामी चैत्र २९ गतेसम्म सन्चालन हुने परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी सहित जम्मा ७२ हजार ८ सय  ९६ जना जनशक्ति खटिइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद काप्रीले जानकारी दिनुभयो । 
 
परीक्षामा कुनै अमर्यादित गतिविधि गर्ने तथा परीक्षालाई खलबलाउने कार्य गर्ने जोकोहीलाई तत्काल कारकाही गर्न निर्देशन दिइएको काप्रीले बताउनुभयो । 
 
यो वर्षदेखि एसएलसी परीक्षामा ग्रेडिङ प्रणाली लागु गरिएको छ । जसअनुसार विद्यार्थीले प्राप्त गर्ने एसएलसी ‘ग्रेडसिट’मा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि प्लस, डी र ई उल्लेख हुनेछ ।
 
परीक्षार्थीले परीक्षाको अन्तिम दिन आफ्नो नाम, सिम्बोल नम्बर लगायतका विवरण सही छ या छैन भनी जाँच गर्न सकिने व्यवस्था गरिएको कार्यलयले जनाएको छ । 
 
यसै गरी उत्कृष्ट परीक्षा केन्द्रहरुलाई प्रोत्साहन कार्यक्रम समेत राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ