arrow

सलमान खानलाई बलिउडमा प्रतिबन्ध लाग्न सक्ने !

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
salman-khan.jpg

एजेन्सी। बलिउड स्टार गायक मिका सिंहलाई भारतमा प्रतिबन्ध लागेको छ। उनले पाकसितानमा पुर्व राष्ट्रपति पर्वेज मुशरफको पारिवारिक विवाह भोजमा सरिक भएको र गीत गाएको कारण अखिल भारतीय चलचित्र मजदुर संघले प्रतिबन्ध लगाएको हो ।

सलमान खान अमेरिकाका शहरहरुमा आफ्नो 'शो' लिएर जाँदैछन। जस्मा मिका सिंह पनि सहभागी हुनेछन्। उक्त कुराको हल्ला चलेपछि संघले यदी सत्य हो भने सलमान खानलाई पनि प्रतिबन्ध लाग्ने बताएको छ। आयोजकले कुनै पनि शोहरुमा सलमान र मिकाको भेट नहुने बताएको छ।

सलमानका भाइ सोहेल खानको कम्पनिले उक्त शोहरु आयोजना गरेको हो । कम्पनीले मिकालाई अनुबन्धित नगरेको तर अमेरिका स्थित स्थानीय कम्पनीले अनुबन्धित गरेको भए आफुलाई थाहा नभएको जनाएको छ।

चलचित्र मजदुर संघले मिकालाई प्रतिबन्ध लागेको अवस्थामा जो कोहीले उनीसँग काम गर्छ उ पनि प्रतिबन्धित हुने कुरा स्पष्ट पारेको छ।

मिकालाई प्रतिबन्ध लागेपछि कुनै पनि कलाकार उनीसँग नजिकिएका छैनन्। मिकाले आफुले गल्ति गरेको स्विकारिसके पछि पनि उनको प्रतिबन्ध फुकुवा भएको छैन।

सलमान खानको अमेरिका शोमा मिका सिंह हुन्छन वा हुन्नन यदी भए भने सलमानलाई पनि प्रतिबन्ध लाग्ने छ।  

  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ