arrow

दाहसंस्कार गर्दा पोलिने अङ्ग अरुका लागि काम लाग्छ 

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
woman-dead-body.jpg

काठमाडौँ । अङ्गदान र अङ्ग प्रत्यारोपण क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने ध्येयले ‘दानवीन’ टेलिचलचित्र निर्माण भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको संयुक्त प्रयासमा निर्माण भएको सो चलचित्रमा मह जोडीले (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) मुख्य अभिनयको भूमिका निर्वाह गरेका छन् । 
     
 उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा बुधबार सो टेलिचलचित्रको प्रथम प्रदर्शन सम्पन्न भयो । सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतको सहभागिता रहेको थियो ।     
     
 अङ्गदान र प्रत्यारोपण गर्नेले पनि समाजमा अन्य व्यक्तिसरह सामान्य दैनिक जीवनयापन गर्न सक्दछन्, मृत्यु अगाडि मस्तिष्क मृत्यु भएका परिवारले मञ्जुरीनामा दिएमा दुई मिर्गौला, दुई फोक्सो, एक मुटु, एक कलेजो, एक प्याङक्रियाज, एक सानो आन्द्रा दान भई ती अङ्ग फेल भएका व्यक्तिलाई बचाउन सकिने लगायतका सन्देश टेलिचलचित्रमा प्रवाह गरिएको छ ।     
     
 महजोडीका साथमा वरिष्ठ कलाकार वसुन्धरा भुसाल, राजाराम पौडेल, नरेन्द्र कंशाकार लगायतको जीवन्त अभिनय सो चलचित्रमा मृत्युपछि डढेर वा पोलिएर जाने अङ्ग अरुका लागि जीवन बचाउन काम लाग्ने भन्दै अङ्गदान गर्न अभिप्रेरितसमेत गरिएको छ ।     
     
 सो अवसरमा उपप्रधानमन्त्री यादवले अङ्ग दानका बारेमा आम जनतालाई जानकारी दिन आवश्यक रहकामा जोड दिँदै मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए । 

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युपश्चात् अङ्ग दान गर्न सकिनेहुँदा र अङ्ग दान गर्न सबैलाई आग्रह गरे । यस केन्द्रले हालसम्म ६५८ जनाको मिर्गौला प्रत्यारोपण, तीन वटा कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ