arrow

राजेन्द्र महतोको पार्टीमा ४७ सालदेखि सक्रिय देवराज हातहतियार–खरखजनामा पक्राउ

भन्छन् : सिके राउतसंग भेट भएको तर, समूहमा नरहेको !

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
devram-yadb--new.jpg.jpeg
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका संगठित सदस्य देवराम यादव हातहतियार तथा खरखजना अभियोगमा फेरि पक्राउ परेका छन् । गएको भदौ महिनामा मधेस आन्दोलन चर्किरहेका बेला यादवको घरमा प्रहरीले बम बनाउने पाइप र पेस्तोल भेट्टाएपछि पक्राउ गरी मुद्दा चलाएकामा उनी फरार थिए । 
 
फरार अन्दाजी ५६ वर्षीय यादवलाई सुनसरी सदरमुका इनरुवाबाट वुधबार पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एवं एसपी पोषराज पोखरेलले हाम्राकुरालाई बताए । यावदविरुद्ध अदालतमा मुद्दा रहेको बताउँदै पोखरेलले भने, ‘अनुसन्धानका लागि अदालतबाट पाँच दिन म्याद थप गरिसकिएको छ ।’ 
 
सिके राउतसंग भेट भएको तर, समूहमा नरहेको !
यादवले बयानका क्रममा प्रहरी समक्ष आफु सीके राउत संयोजकत्वको स्वतन्त्र मधेस गठबन्धनको कुनै सदस्य नरहेको बताएका छन् । राउतसंग भेट भएपनि कुनै गतिविधीमा संलग्न नरहेको उनले बताएका छन् । एसपी पोखरेलका अनुसार सीके राउत समूहको जिल्ला संयोजक भएको सुन्नमा आएपनि प्रमाण छैन । यादवले समेत सीके राउत समूहमा कुनै सक्रियता नरहेको बताएका छन् । सुनसरीको भोक्राहा गाविस –६ का यादवविरुद्ध हातहतियार खरखजना बाहेक अन्य अभियोग नरहेको एसपी पोखरेलले बताए । 
 
राजेन्द्र महतोको पार्टीमा २०४७ देखि सक्रिय 
मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक मूख्य घटक सद्भावना पार्टीमा २०४७ साल देखि सक्रिय रहेको बताउने यादव संगठित सदस्य छन् । बयानका क्रममा यादवले आफु राजेन्द्र महतोको पार्टीको सक्रिय कार्यकर्ता रहेको बताएका एसपी पोखरेलले जानकारी दिए । राजेन्द्र महतो पछिल्लो समय पार्टीमा नयाँ कार्यकर्ता भित्र्याउन लागिपरेका छन्  । यद्यपि, पुराना कार्यकर्ताबारे भने बेखबर छन् । यादवको पार्टी संलग्नताबारे सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई फोन गर्दा रिसिभ गरेनन् । सह–अध्यक्ष लक्ष्मणलाल कर्ण र महामन्त्री मनिष सुमनले टेलिफोन विच्छेद गरिदिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ