arrow

डिएसपी सिंह आएपछि कोहलपुरबाट टोले गुन्डाहरु धमाधम पक्राउ 

logo
सौरब गिरी,
प्रकाशित २०७६ भदौ ५ बिहिबार
Kohalpur-Police.jpg

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले चोरीका मोटरसाइकल बरामद गर्नुका साथै टोले गुण्डाहरुलाईसमेत धमाधम पक्राउ गरेको छ ।

कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंह आएदेखि यो सफलता हात परेको हो । 

कोहलपुर प्रहरीले विभिन्न समयमा चेकजाँच र गस्तीको क्रममा ६ थान बुलेट मोटरसाइकल, ३ थान डुक मोटरसाइकल, पल्सर, अपाची र अन्य मोटरसाइकलहरु जम्मा ७० लाख मूल्य बराबरका १४ थान चोरीका मोटरसाइकलहरु बरामद गरेको सिंहले बताए ।

बरामद गरिएका मोटरसाइकल कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको सिंहले बताए । त्यस्तै प्रहरी नायब उपरीक्षक सिंहको सरुवा भयो भन्दै मौलाउन थालेका टोले गुण्डाहरु पनि पक्राउ परेका छन् । 

सिंह आएदेखि बन्द रहेको गुण्डागर्दी पुनः सिंहको सरुवा भयो भन्ने सुनेर सल्बलाउन थालेका केही टोले गुण्डाहरु पक्राउ परेका छन् भने केही फरार रहेको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

हप्ता असुली, जुवा तास खेलाउने टोले गुण्डाहरुमध्ये कोहलपुरको हवल्दारपुरबाट ज्ञानबहादुर थापा उर्फ ज्ञाने हवल्दार भनिने ब्यक्ति, कोहलपुर दश बिगाहका रमेश मिजार, रमेश बिसी र नन्दलाल यादव पक्राउ परेका छन् । 

त्यस्तै फरार हुनेमा उमेश ठकुरी रहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । पक्राउ परेकाहरुलाई शान्ति बिरुद्धको कसुर अन्तर्गत सार्वजनिक मुद्दा चलाएको छ ।

 ‘म जहाँ छु, त्यो इलाकामा सबैले शान्तिपूर्बक बाँच्न पाउनुपर्छ भन्ने मान्यता राख्ने प्रहरी अधिकारी हुँ, सिंहले भने, ‘मेरो सरुवा भए के भयो जबसम्म म कोहलपुरमा छु, तबसम्म मैले आफ्नो काम गर्छु  र मलाई अपराध मान्य छैन ।”

डिएसपी सिंह ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख भएर आएदेखि कोहलपुरमा थुप्रै सराहनीय कार्य गरिसकेका छन् । डिएसपी सिंहले केहि दिनअघि मात्रै किमु कटेजबाट ६ जनालाई यौनधन्दा गर्दै गर्दा आपत्तिजनक अवस्थामा पक्राउ गरेका थिए ।

साथै कटेज संचालकलाई समेत पक्राउ गरि अब आइन्दा यस्तो गलत कार्य नगराउने शर्तमा रिहा गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ