arrow

असिनाबाट कास्कीमा ७० प्रतिशत सुन्तला खेती नस्ट

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
orange-Suntala-crops.jpg.jpeg
पोखरा। बुधबार कास्कीमा परेको असिनापानीका कारण सुन्तला खेतीमा रु एक करोडभन्दा बढीको क्षति पुगेको छ।
 
जिल्लाका कृष्तिनाच्ने चौर, निर्मलपोखरी, भरतपोखरी र पुम्दीभुम्दीलगायत स्थानमा सुन्तलाको फूल र चिचिला पूर्णरुपमा झरेको छ। सुन्तला उत्पादक सङ्घका उपाध्यक्ष उमानाथ सुवेदीका अनुसार असिनापानीबाट कृष्तिनाच्ने चौरमा ७० प्रतिशत, निर्मलपोखरीमा ५५, भरतपोखरीमा ४० र पुम्दीभुम्दीमा ३५ प्रतिशत क्षति पुगेको छ।
 
असिनापानीबाट सुन्तलाका साथै तरकारी, मकै, कफी, कागती लगायत खेतीमा समेत क्षति पुगेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ