जनताले संघियताको लाभ यो वर्षको अन्त्यमा पाउने : मुख्यमन्त्री पोख्रेल
मुरली गोडिया,
प्रकाशित २०७६ भदौ ५ बिहिबार
546
Shares
गुलरिया,बर्दिया । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघियताको लाभ नागरिकले यो वर्षको अन्त्यमा पाउने बताएका छन । विकासको दृष्टीकोणले अगाडी रहेको दाबी गर्दै उनले जनतालाई यो संघियताको प्रत्यक्ष अनुभुति यो वर्षको अन्तिममा हुने बताएका हुन । त्यस पश्च्यात उठेका विरोधका स्वरहरु कम हुँदै जाने बताए । बर्दिया आएका मुख्यमन्त्री पोख्रेलले संचारकर्मीसंगको भेटघाटमा बोल्दै देश विकास , समृद्धि र परिवर्तन लम्किरहेको तर्क गरे ।
उनले भने “प्रदेशको एक महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने सोच बनाएका छौं यो वर्ष हामीले बर्दिया राष्ट्रिय निकुञ्जमा पुग्ने पहुँच मार्गलाई प्रदेशको पर्यटकिय मार्गका रुपमा पहिचान गरेका छौं त्यसका लागी बजेटको कमि हुन नदिने अठोट गरेका छौं ” उनले भने नेपालको कृषीमा हरित क्रान्तिको नेतृत्व बर्दिया जिल्लालाई प्राप्त हुने बताए ।
बर्दियाका स्थानीय जनप्रतिनिधीसंग बसी बृहत छलफल भइरहेको जानकारी दिंदै मुख्यमन्त्री पोख्रेलले बर्दियाका विकासका निम्ती प्रदेश सरकारले विशेष ध्यान दिएको जानकारी गराए ।
पत्रकारले उठाएका सवाहरुको जवाफ दिंदै मुख्यमन्त्री पोख्रेलले भने । नेपाल सरकारले पठाएको बजेटलाई विकास निर्माणमा लगाउन स्थानिय जनप्रतिनिधीको पनि सक्रियता अवश्यकता पर्ने बताए ।
हुलाकी सडकका सन्दर्भमा बोल्दै हुलाकी सडकले बर्दियाली जनतामा परिवर्तन ल्याउने तर्क गरे । जसका लागी यहाँको बाटोहरु व्यवस्थीत बनाउन अवश्यक रहेको बताए । हुलाकी सडक सरकारको योजना भित्रै छ यसको लागी चुनव पर्खिनु पर्दैन मुख्यमन्त्री पोख्रेलले भने ।