arrow

दैनिक खानामा ४ लड्डु मात्र पाउन थालेपछि श्रीमानले मागे पारपाचुके

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
Sweet-laddu.jpg

एजेन्सी। तपाईलाई खानामा बिहान- बेलकै मिठाइ मात्र दिने हो भने कस्तो हुन्छ होला ? मिठाईका पारकीलाई केहि समय त रमाइलै लाग्ला तर यो क्रम लामो समय चलेमा अत्यास लाग्ने निश्चित छ ।

यस्तै भयो भारतको मेरठ शहरमा; एक श्रीमतीले आफ्ना श्रीमानलाई बिहान चार वटा लड्डु र बेलुकाको खानामा चार वटा लड्डु दिन थालिन्। लामो समय यही क्रम चलेपछि आजित भएर श्रीमानले अदालतमा श्रीमतीसँग पारपाचुके मागेका छन्।

खानाका कारणले पारपाचुके मागेको घटनाले अदालत पनि हैरान भएको छ । उनीहरुले उक्त जोडीलाई बोलाई सम्झाई बुझाई गराउने बताएका छन्।

केही समय पहिले श्रीमान बिरामी परेपछि उनको रोग पुर्न रुपमा निको भएन र श्रीमती तान्त्रिकसँग भेट्न पुगिन। उक्त तान्त्रिकले उपाय बताए की बिहान र बेलुकाको खानामा ४-४ वटा लड्डु दिएमा रोग नि पुर्ण रुपमा निको हुने र उनको श्रीमानले उनको सबै कुरा मान्ने बताए।

श्रीमानको रोग निको हुने र आफ्नो कुरा मान्ने बिश्वासमा श्रीमतीले तान्त्रिकको कुरा मान्न थालिन । 

तान्त्रिकको कुरामा लागेर श्रीमतीले आफ्ना पतिलाई बिहान ४ वटा र साँझ ४ वटा लड्डु दिन थालिन। उनको यस्तो ब्यवहारले श्रीमानले अदालतको बाटो रोजे। उनीहरुको बिवाह भएको १० बर्ष भएको छ र  ३ सन्तान रहेका छन्।

अदालतले भने आफुहरुले परामर्श दिन सक्ने तर अन्धविश्वासको कुनै उपचार गर्न नसक्ने बताएको छ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ