arrow

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन अक्टोबर १५ देखि काठमाडौंमा 

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
nrna1.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ आइसीसीको नवौं विश्व सम्मेलन आउँदो अक्टोबर १५ देखि आयोजना हुने भएको छ । 

सम्मेलन अक्टोबर १५ देखि १८ तारिख (असोज २८ देखि कार्तिक १ गतेसम्म) सम्म काठमाडौंको हायात होटलमा हुने भएको आइसीसीका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले जानकारी दिए । 

मिति तोकेसंगै नेतृत्वका लागि पनि उम्मेदवारीको दावेदारी दिने क्रम सुरु भएको छ । हालसम्म अध्यक्षका लागि उपाध्यक्षद्धय कुल आचार्य र कुमार पन्त नेतृत्वका लागि अगाडि देखिएका छन् । 

आचार्य बेलायतका एनआरएन पूर्व अध्यक्ष हुन् । अहिले भने उनी गैर आवासीय नेपाली संघ आइसीसीका केन्द्रीय उपाध्यक्ष हुन् । 

पन्त जर्मनीबाट प्रतिनिधित्व गर्छन् । उनी पनि आवासीय नेपाली संघ आइसीसीका केन्द्रीय उपाध्यक्ष हुन् । 

आचार्यलाई लोकतन्त्रवादीहरुको समर्थन रहेको छ भने पन्तलाई सत्तारुढ गठबन्धनको सहयोग रहने देखिएको छ । 

आचार्यका अनुसार हाल विभिन्न देशमा चुनावी अधिवेशन भइरहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ