arrow

सशस्त्रद्धारा एक सय ४० भारतीय खसी र ट्रक नियन्त्रणमा    

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
goat.jpeg

राजापुर । बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ ।     
     
भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए ।   
     
पछिल्लो समयमा तस्करहरुले बर्दियाबाट अवैध रूपमा बिना भन्सार भारतीय खसीहरू छिराएर काठमाडौँसम्म पुर्याउन गरेका छन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ