arrow

विप्लवका दुई जना इन्चार्ज पक्राउ

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
biplab-maobadi.jpeg

कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई शुक्रबार बिहान ८ः०० बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।     
     
पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ । 

पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकसमेत गत महीना पक्राउ परिसकेका छन् ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ