arrow

श्रीकृष्णले दिएको उपदेशलाई आत्मसाथ गर्नुपर्छ : प्रदेश प्रमुख कायस्थ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
krishnas.JPG

जनकपुरधाम ।   प्रदेश नम्बर दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले भगवान श्रीकृष्णले दिएको उपदेशलाई अनुशरण गर्दै सत्कर्ममा लाग्नुपर्ने बताएका छन्। शुक्रबार श्री कृष्णाष्टमी पर्वको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्थले भगवान समय समयमा मानवको बिभिन्न रुप धारण गरी धर्तीमा प्रकट हुने गरेको र मानव जातिलाई सत्कर्ममा हिड्न प्रेरित गर्दै आईरहेको बताए ।

प्रदेश प्रमुख कायस्थले भने,'मानव जातिलाई फलको चिन्ता नगरी कर्म गर्दै गए समाज तथा राष्ट्रको कल्याण हुने धारणा समेत राख्नु भएको छ ।' साथै भगवान श्री कृष्णको जस्तै असत्यलाई त्यागेर सत्यको मार्गमा हिँडे समस्त मानव जातिको कल्याण हुने समेत बताए । जबसम्म धर्तीमा अन्याय अत्याचार र पाप भईरहन्छ तबसम्म कुनै न कुनै रुपमा भगवानको धर्तीमा आगमण भईरहने कुरा हिन्दु ग्रन्थहरुमा उल्लेख रहेको स्मरण समेत गराए।

कार्यक्रममा पुर्व मेयर बजरँग प्रसाद साहले बिश्वको सबैभन्दा ठूलो ग्रन्थ गीता रहेको र त्यसमा उल्ल्ेखित उपदेशहरुलाई अक्षरश पालना गर्न सके सम्पुर्ण मानव जातिको कल्याण हुने बताए ।

त्यस्तै, प्रदेश साँसद परमेश्वर साहले धर्म तथा सत्यको रक्षा गर्न आफ्नो पराई हेर्न नहुने पाठ श्रीकृष्णले महाभारतमा सिकाएको उपदेशलाई भुल्न नहुने बताए।

यस्तै, गौ सँरक्षण मञ्चका नेपाल का  अध्यक्ष जगदिश महासेठले भगवान अन्याय र पापको अन्त्यका लागि कुनै न कुनै रुपमा धर्तीमा प्रकट भए अनुसार नै कलयुगमा पनि हनुमान जी जिवित रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता केन्द्रका सँचालिका सृजना दिदीले गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ